काठमाण्डौ । जो बाइडन राष्ट्रपतिमा नियुक्त भएपछि बनेपछि अमेरिकाको सेयर बजारमा रेकर्डतोड बढोत्तरी भएको छ।
एस एन्ड पी ५०० इन्डेक्स १.४ प्रतिशतले बढेको छ। यो बढोत्तरी अमेरिकाले हालसम्म नयाँ राष्ट्रपति पाएको पहिलो दिनै अहिलेसम्मै सबैभन्दा बढी हो। नासडक इन्डेक्स पनि १.९७ प्रतिशतले उकालो लागेको छ।
त्यतिमात्रै होइन बाइडनले राष्ट्रपति चुनाव जितेदेखि सपथ ग्रहणअघिसम्म अमेरिकी बजारमा रेकर्डतोड वृद्धि भइरहेको छ। ग्लोबल रिसर्च संस्था सीएफआरएका अनुसार यस बीच एस एन्ड पी ५०० इन्डेक्स १३ प्रतिशतले बढेको छ।
हालसम्मका अमेरिकी राष्ट्रपति चुनावको नतिजा आएदेखि शपथ ग्रहणसम्म अमेरिकी सेयर बजारमा उछाल आएको यो अहिलेसम्मकै उच्च हो।
यस्तो पछिल्लो रेकर्डतोड वृद्धि जोन एफ क्यानेडी राष्ट्रपति हुँदाको समयमा थियो। सन् १९६१ मा क्यानेडी राष्ट्रपतिको शपथ लिएका थिए। त्यतिखेर उनले चुनाव जित्दा र शपथ लिँदासम्मको ७३ दिनमा एस एन्ड पी ५०० इन्डेक्स ८.८ प्रतिशतले बढेको थियो। उनको शपथपछिको १०० औँ दिनमा अमेरिकी बजार ८.९ अंकले उकालो लागेको थियो। – एन्जेन्सी
7 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
14 hours ago