काठमाण्डौ । ज्योति विकास बैंकले एकैपटक ८५ कर्मचारी मागेको छ । 

बैंकले सहायक स्तरका पदका लागि ८५ कर्मचारी मागेको हो । 

जसमा म्यानेजमेन्ट टेनीतर्फ २० जना, जुनियर असिस्टेन्ट ट्रेनीतर्फ ५० जना र माइक्रोफाइनान्स असिस्टेन्टका लागि १५ जना कर्मचारी मागिएको छ।

माइक्रोफाइनान्स असिस्टेन्ट पदमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकोले आवेदन दिन सक्नेछ भने अर्थशास्त्र, व्यवस्थापन वा यस्तै बिषयमा स्नातकसम्मको अध्ययन पूरा गरेको २८ वर्षमुनिकाले जुनियर ट्रेनी असिस्टेन्ट पदमा आवेदन दिन पाउनेछन् । 

यसैगरी, बित्त, व्यवस्थापन, अर्थशास्त्र वा अन्य सम्बद्ध बिषयमा स्नातकोत्तर उत्तीर्ण भई ३० वर्ष उमेर ननाघेकोले म्यानेजमेन्ट ट्रेनीतर्फ आवेदन दिन सक्नेछन् ।

बैंकले कर्मचारी माग गर्दै प्रकाशन गरेको सूचना यस्तो छः