काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रु. ६६ करोडको आईपीओ निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले फागुन ७ गते ज्योति लाइफ इन्स्योरेन्सलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। बोर्डको अनुमतिसँगै अब ज्योति लाइफले कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ।
निष्कासन हुने कुल कित्तामध्ये कम्पनीले ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई गरी ६ लाख ६० हजार कित्ता छुट्याएको छ। बाँकी ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ।
कम्पनीले चुक्तापुँजीका ३० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्नेछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ चुक्तापुँजी पुग्नेछ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।
4 hours ago
4 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
8 hours ago
8 hours ago
10 hours ago