काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा थामिनसक्नु आवेदन परेको छ। 

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा कुल १३ लाख ७६ हजार ७६१ आवेदकबाट २ करोड ९८ लाख ७७ हजार ५४० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीले गत शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 


लगानीकर्ताले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

ज्योति लाइफको आईपीओ निष्कासन बन्द छिटोमा फागुन २६ गते र ढिलामा चैत ६ गते बैंकिङ समयपछि हुनेछ। 

कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक सेयर जारी गरेको हो। हाल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।