काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओको अन्तिम नतिजा सार्वजनिक भएको छ।

ज्योति लाइफको आईपीओ आज मध्याह्न साढे १२ बजे कम्पनीकै काठमाण्डौ ज्ञानेश्वरस्थित कार्यालयमा बाँडफाँड भएको थियो। 

कम्पनीले गत फागुन २१ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको छ। 

ज्योति लाइफको आईपीओमा कुल १८ लाख ४२ हजार ४८० आवेदकबाट ३ करोड ८४ लाख ८६ हजार २० कित्ताका लागि आवेदन परेको थियो। तीमध्ये १७ लाख ९७ हजार ८३५ आवेदकबाट माग भएको ३ करोड ५८ लाख ९९ हजार ३६० कित्तामात्र सदर भएको छ। कुल आवेदनमध्ये ४१ हजार ७०३ आवेदकबाट माग भएको २५ लाख २८ हजार ६५० कित्ता बदर भएको छ। त्यस्तै शंकास्पद ३१ हजार ५०५ आवेदकबाट परेको ६ लाख ४१ हजार ४७० कित्ता तथा अयोग्य २ हजार ९४२ आवेदक परेको ५८ हजार १० कित्ता पनि बदर भएको छ। 

यो आईपीओमा गोलाप्रथाबाट ५ लाख ९४ हजार आवेदकले १० कित्ताका दरले ५९ लाख ४० हजार कित्ता सेयर पाएका छन्। 

आईपीओको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।