काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआईसी एसिया क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ।

सेयर रजिस्ट्रार नियुक्ति विषयमा आज ज्योति लाइफ इन्स्योरेन्स र एनआईसी एसिया क्यापिटलबीच सम्झौता भएको हो। यो सम्झौतासँगै ज्योति लाइफ इन्स्योरेन्सको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य अब एनआईसी एसिया क्यापिटलले गर्नेछ। 

यसका साथै अब ज्योति लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रारअन्तर्गतको सम्पूर्ण कार्य भोलि चैत १८ गतेदेखि एनआईसी एसिया क्यापिटलको काठमाण्डौ बबरमहलस्थित कार्यालयबाट हुने जानकारी गराइएको छ।