काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा १२.७९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले २ करोड २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ३३ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आय १९ करोड ६३ लाख रुपैयाँ थियो।
समीक्षा अवधिसम्म कम्पनीले १८ करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ६ करोड ४९ लाख खुद दाबी भुक्तानी गरेको थियो। समीक्षा अवधिमा दाबी भुक्तानी १९०.४९ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा ७०.९९ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा १२ करोड ७ लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर २० करोड ६५ लाख रुपैयाँ सीमित बनेको छ।
कम्पनीको व्यवस्थापन खर्च १२.६४ प्रतिशतले वृद्धि ३५ करोड १४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ३१ करोड १९ लाख रुपैयाँमा सीमित थियो।
कम्पनीको जीवन कोषको आकार बढेर ५ अर्ब ६६ करोड रुपैयाँ पुुगेको छ। गत वर्ष यही अवधिमा जीवन बीमा कोषमा ३ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो।
गत वर्ष यही अवधिमा ६० करोड ४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार घटेर ५६ करोड ६८ लाख रुपैयाँको उचाइमा पुुगेको छ।
कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ११.३८ रुपैयाँ, पीई अनुपात ५१.६७ गुणा र प्रतिसेयर नेटवर्थ १२७.०९ रुपैयाँ रहेको छ ।
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
23 hours ago