काठमाण्डौ । निकट भविष्यमै प्राथमिक सेयरको सार्वजनिक निश्कासन(आइपीओ)को बाढी आउने देखिएको छ । 

एकपछि अर्को गर्दै विभिन्न कम्पनीले धितोपत्र बोर्डमा आइपीओ निश्कासनको माग गर्दै आवेदन दिन थालेका छन् । आवेदनहरु विना अवरोध स्वीकृत हुन थाले भने सर्वसाधारणका लागि एकपछि अर्को लगानीको विकल्पको बाढी आउने देखिएको हो । 

धितोपत्र बोर्डमा आइपीओ जारी गर्न पाउनुपर्ने माग गर्दै पछिल्लो एक महिनाभित्र मात्रै ६ वटा कम्पनीले आवेदन दिएका छन् । 

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा आइपीओ निश्कासनका लागि बोर्डमा आवेदन दिएकामध्ये २० कम्पनी अझै पनि स्वीकृतिको पर्खाईमा छन् । 

आइपीओ जारी गर्ने पाइपलाइनको पहिलो चरणमा मात्रै १६ वटा कम्पनी रहेका छन् । यी १६ वटा कम्पनीले मात्रै कुल ३ अर्ब ११ करोड रुपैयाँभन्दा बढी मूल्यको आइपीओ निश्कासनको माग गरेका छन् । यीमध्ये सबैभन्दा धेरै संख्या जलविद्युत कम्पनीको रहेको छ ।  

यस्तै, ४ कम्पनीको १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी मूल्यको आइपीओ समेत रिभ्यूको क्रममा रहेको छ । यसरी हेर्दा झण्डै साढे ४ अर्ब रुपैयाँ बराबरको आइपीओ स्वीकृतिको विभिन्न प्रक्रियामा रहेका छन् । 

धितोपत्र बोर्डको नेतृत्व लामो समयसम्म रिक्त रहँदा आइपीओ स्वीकृतिको काममा पनि बिलम्ब भएको थियो । तर, पछिल्लो समय विभिन्न कम्पनीले आइपीओ निश्कासनको स्वीकृति पाएका छन् । अब प्रक्रियामा रहेका कम्पनीहरुले भने धमाधम आइपीओ निश्कासनको स्वीकृति पाउने हो भने सर्वसाधारणलाई आइपीओ भर्न भ्याई नभ्याई हुने देखिन्छ । 

धेरै संख्याका कम्पनीले आइपीओ जारी गरे पनि परिमाण थोरै हुने भएका कारण गोलाप्रथाबाट सेयर पाउनेको संख्या भने निकै कम हुने गरेको छ । 

बोर्डबाट आइपीओको स्वीकृतिको पर्खाईमा रहेका कम्पनीको सूची यस्तो छः