काठमाण्डौ । नेपालमा झन्डै डेढ करोड मानिस आर्थिक क्रियाकलापमा संलगन रहेको पाइएको छ।
आज सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार करिब डेढ करोड मानिस आर्थिक क्रियाकलापमा संलग्न रहेको पाइएको हो।
जनगणनाको नतिजाअनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले गरेको आर्थिक कामलाई नेपाल स्तरीय औद्योगिक क्षेत्र अनुसार वर्गीकरण गरी प्रस्तुत गरिएको छ। आर्थिक काममा १ लाख ४९ हजार ८३ हजार ३१० संलगन छन्।
तीमध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७.३ प्रतिशत रहेका छन्। यसपछि क्रमशः थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतका कार्यहरुमा १२.५ प्रतिशत, निर्माणमा ८.१ प्रतिशत, अन्य सेवा प्रदान गर्ने क्रियाकलापहरुमा ३.९ प्रतिशत, औद्योगिक उत्पादनमा ३.८ प्रतिशत जनसंख्या संलग्न रहेका छन्।
दस वर्ष वा सोभन्दा बढीे उमेरका आर्थिक काम गरेका कुल पुरुष जनसंख्यामध्ये कृषि, वन र माछापालन क्षेत्रमा ५०.६ प्रतिशत, थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतका कार्यहरुमा १२.१ प्रतिशत, निर्माणमा १०.५ प्रतिशत, औद्योगिक उत्पादनमा ५.१ प्रतिशत, यातायात तथा भण्डारणमा ४.१ प्रतिशत संलग्न रहेका छन्।
दस वर्ष वा सोभन्दा बढी उमेरका आर्थिक काम गरेका कुल महिला जनसंख्यामध्ये कृषि, वन र माछापालन क्षेत्रमा ६४.८ प्रतिशत, थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतका कार्यहरुमा १३.० प्रतिशत, निर्माणमा ५.४ प्रतिशत, अन्य सेवा प्रदान गर्ने क्रियाकलापहरुमा ४.७ प्रतिशत, शिक्षामा २.८ प्रतिशत, औद्योगिक उत्पादनमा २.४ प्रतिशत संलग्न रहेका छन्।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago