काठमाण्डौ । झन्डै ३ महिनादेखि बेखबर रहेका अलीबाबा कम्पनीका संस्थापक ज्याक मा बुधबार सार्वजनिक समारोहमा उपस्थित भएका छन्।

चीनका तेस्रो सबैभन्दा धनी व्यक्ति तथा लाखौँ मानिसका लागि प्रेरणाका स्रोत ज्याक मा गत अक्टोबरदेखि एकाएक बेखबर बनेका थिए। ग्लोबल टाइम्सले ज्याक मा सहभागी भएका कार्यक्रमको भिडियो सार्वजनिक गरेको हो। ग्लोबल टाइम्सका अनुसार ज्याक मा बुधबार चीनका १०० ग्रामीण शिक्षकहरुका साथ भिडियो लिंकका माध्यमबाट अन्तक्र्रियामा सहभागी भएका थिए। उनले शिक्षकहरुलाई भने, ‘जब कोरोनाभाइरस खतम हुन्छ तब हामी फेरि भेट्ने छौँ।’

उद्योगपति हुनुअघि ज्याक मा अंग्रेजी विषयका शिक्षक थिए। 

चीनमा अहिले ज्याक माको कम्पनी अलीबाबा सरकारले नियन्त्रणमा लिन सक्ने हल्ला फैलिएको छ। 

यसअघि गत अक्टोबरमा ज्याक माले देशको वित्तीय नियामक र सरकारी बैंकहरुको ब्याजदरको विषयलाई लिएर कडा आलोचना गरेका थिए। त्यसपछि उनी एकाएक गायब भएपछि विभिन्न अड्कलबाजी गरिएको थियो। कतिपयले ज्याक मालाई सरकारले पक्राउ गरिसकेको हुन सक्ने वा नजरबन्दमा राखेको हुन सक्ने भन्नेसम्मका कुरा गरेका थिए। – एजेन्सी