काठमाण्डौ । टाटा मोटर्सले आफ्नो नयाँ कन्सेप्ट कार ‘टाटा अभिन्या’ सार्वजनिक गरेको छ।
यो कार टाटाको नयाँ इलेक्ट्रिक भेइकल प्लेटफर्ममा आधारित छ। यो कार ३० मिनेट चार्ज गरेपछि ५०० किलोमिटर कुद्ने कम्पनीले जनाएको छ। कारको ड्राइभर र फ्रन्ट प्यासेन्जर सिट ३६० डिग्रीसम्म घुम्नेछ।
टाटा अभिन्याको डिजाइन भविष्यमा आधारित छ। यसलाई सामान्य र मिनिमलिस्टक राखिएको छ। यसको ह्विलमा एउटा टच प्यानल दिइएको छ र यसैबाट कारको सम्पूर्ण फिचर्स कन्ट्रोल हुन्छ। संगीत सुन्दा पर्सनलाइज अनुभव प्रदान गर्नका लागि कारको प्रत्येक सिटको हेडरेस्टमा स्पिकर उपलब्ध गराइएको छ।
टाटा अभिन्याको विन्ड स्क्रिन धेरै ठूलो छ। टाटा अभिन्याका अर्को विशेष कुरा भनेको यसको लुक प्रिमियम ह्याचब्याकजस्तो देखिनु हो। तर, यसको सञ्चालन एमपीभीको जस्तै र यसलाई एसयूभी क्रसओभरका रुपमा तयार गरिएको छ। यसको फ्रन्ट ग्रिललाई बोल्ड लुक्स दिइएको छ। जसका कारण यो कार बीएमडब्ल्यू र अडीजस्तो देखिन्छ।
यसपटक टाटा मोटर्सले कारको सफ्टवेयरमा बढी ध्यान केन्द्रित गरेको छ। –एजेन्सी
17 minutes ago
43 minutes ago
57 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago