काठमाण्डौ । पाकिस्तानको इतिहासमा पहिलो पटक पेट्रोल र डिजेलको मूल्य प्रति लिटर ३०० रुपैयाँ नाघेको छ।
आर्थिक संकटबाट गुज्रिरहेको यो देशको कामचलाउ सरकारले बिहीबार पेट्रोलको मूल्य १४ रुपैयाँ ९१ रुपैयाँ र डिजेलमा १८ रुपैयाँ ४४ रुपैयाँले वृद्धि गरेको छ । यो वृद्धिपछि मुलुकमा पेट्रोल प्रतिलिटर ३०५.२६ रुपैयाँ र डिजेल ३११.८४ रुपैयाँमा पुगेको छ ।
नेपाली रुपैयाँमा यो मूल्य कन्भर्ट गर्ने हो भने पाकिस्तानमा भन्दा नेपालमा पेट्रोल डिजेलको मूल्य अचाक्ली बढेको देखिन्छ । पाकिस्तानमा बढेपछि कायम पेटोलको मूल्य ३०५.२६ रुपैयाँ भनेको नेपालको करिब १३२ रुपैयाँ बराबर हो । यस्तै, पाकिस्तानी ३११.८४ रुपैयाँ भनेको नेपाली १३५ रुपैयाँ हाराहारी हो । पछिल्लो समय मूल्य समायोजनपछि नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु. १७९.५० रुपैयाँ पुगेको छ भने डिजलको मूल्य प्रतिलिटर १६७.५० रुपैयाँ रहेको छ । यसरी हेर्दा पाकिस्तानको भन्दा नेपालको पेट्रोलियम मूल्य अचाक्ली रहेको र उपभोक्तालाई सरकारले आँखा चिम्लिएर अनावश्यक व्ययभार बोकाएको प्रष्टिन्छ ।
यस्तै, पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्य भारतको तुलनामा पनि कम छ । भारतमा गत मे महिनादेखि पेट्रोल र डिजेलको मूल्यमा कुनै परिवर्तन भएको छैन । दिल्लीमा पेट्रोलको मूल्य ९६.७२ भारु र डिजेल ८९.६२ भारुमा कायम छ।
पछिल्लो समय पाकिस्तानी रुपैयाँको भाउ निकै घटेको छ । हाल, एक भारतीय रुपैयाँको मूल्य ३.७० पाकिस्तानी रुपैयाँ बराबर छ। यस सन्दर्भमा, दिल्लीमा पेट्रोलको मूल्य ३५८.०७ पाकिस्तानी रुपैयाँ बराबर छ। पाकिस्तानमा यो मूल्य प्रतिलिटर ३०५.२६ रुपैयाँ छ।
हाल नेपालको एकरुपैयाँको मूल्य पाकिस्तानको २.३१ रुपैयाँ रहेको छ ।
यसैबीच, कच्चा तेलको मूल्यमा फेरि एकपटक भारी वृद्धि देखिएको छ । यो सात महिनायताकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार बजार बन्द हुँदा ब्रेन्ट क्रुड १.९८ प्रतिशत वा १.७२ डलर प्रति ब्यारेल बढेर ८८.५५ डलरमा पुगेको थियो । यससँगै वेस्ट टेक्सास इन्टरमिडिएट वा डब्ल्यूटीआई कच्चा तेलको भाउ पनि २.३० प्रतिशत वा १.९२ डलर प्रति ब्यारेल बढेर ८५.५५ डलर प्रति ब्यारेल पुगेको छ ।
11 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
21 hours ago
22 hours ago