काठमाण्डौ । अमेरिकी नियामकहरुले शुक्रबार सिलिकन भ्याली बैंक बन्द गर्ने घोषणा गरेका छन्। यतिमात्र होइन नियामकले बैंकको सम्पूर्ण सम्पत्ति पनि जफत गरेको छ। 

यसैबीच अर्बपति एलन मस्कले सिलिकन भ्याली बैंक किन्न इच्छा व्यक्त गरेका छन्। राजरका सीईओ मिन–लियाङ तानले एक ट्विटमा लेखेका छन्, ‘मलाई लाग्छ ट्विटरले सिलिकन भ्याली बैंक किनेर यसलाई डिजिटल बैंक बनाउनुपर्छ।’ 

मिन–लियाङ तानको यो ट्विटको जबाफ दिँदै ट्विटर र टेस्लाका सीईओ एलन मस्कले लेखेका छन्, ‘म यो विचारलाई स्वागत गर्दछु।’ 

मस्कको यो ट्विट पनि निकै भाइरल भइरहेको छ।

विश्वभरका प्रविधि कम्पनी र स्टार्टअपलाई ऋण दिने सिलिकन भ्याली बैंक अहिले टाट पल्टेको छ। लगातार असफल हुँदै आएको यो बैंक सन् २००८ मा खुद्रा बैंकिङ क्षेत्रमा प्रवेश गरेको थियो। तर, यो नराम्ररी असफल बैंकका कारण लगानीकर्ता र कम्पनीहरुको अर्बौं डलर फसेको छ।

सिलिकन भ्याली बैंक १६ औँ सबैभन्दा ठूलो अमेरिकी बैंक हो। क्यालिफोर्नियाको डिपार्टमेन्ट अफ फाइनान्सियल प्रोटेक्सन एन्ड इनोभेसनले मार्च १० मा यो बन्द बन्द गर्न आदेश जारी गरेको थियो। –एजेन्सी