काठमाण्डौ । जगदम्बा मोटर्सले TVS Apache RTR 160 4V RTFI तथा BS-VI को नयाँ मोडल नेपाली बजारमा ल्याउने तयारीमा छ।

नेपालमा सार्वजनिक हुन लागेको सो मोटरसाइकलको BS-VI मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष ३ Ride Modes (Rain, Urban र Sport Mode) रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा खेरि परिवर्तन गर्न सक्नेछन्। यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउने छ।

यसैगरी यस मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको Race Tuned Fuel Injection (RTFI) टेक्नोलोजी युक्त BS-VI compliant इन्जिन रहेको छ। अटोमोबाइल जगतमा RTFI टेक्नोलोजिलाई निकै नै उत्कृष्ट मानिन्छ। यसैगरी BS-VI compliant इन्जिन सहितको Apache RTR नेपाली मोटरसाइकल प्रेमीले धेरै पहिला देखि नै प्रतीक्षा गरिरहेको पाइन्छ। यस RTFI टेक्नोलोजी युक्त इनजिन्ले Milageमा वृद्धि गर्छ भने BS-VI compliant इन्जिन वातावरण मैत्री हुन्छ। यसले TVS को Racing DNA को इतिहासलाई थप नयाँ उचाइमा पुर्याएको छ। 

त्यति मात्र नभएर यस मोटरसाइकलमा SmartXConnect फिचर रहेको छ जसको सहायताले मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग,लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् जसले बाटोमा यात्रा गर्दा अरु सामान्य मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिन्छ। 

जगदम्बा मोटर्सले नयाँ TVS Apache RTR 160 4V RTFI with BS-VI काठमाडौँको Purple Haze Rock Bar बाट असार ९ गते सार्वजनिक गर्ने जनाएको छ। सो कार्यक्रम प्रख्यात नेपाली ब्यान्ड Cobweb तथा नेपालको विभिन्न मोटो भ्लोगर्सको साथै जगदम्बा मोटर्सको प्रतिनिधिहरुको उपस्थितिमा हुनेछन्। 

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो। नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ। गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ।