काठमाण्डौ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले च्याम्पियन्स एक्स्चेन्ज मेलाको आयोजना गरेको छ।
आज असोज १ गतेदेखि काठमाण्डौको भृकुटीमण्डपमा आयोजित यो मेला असोज ६ गतेसम्म चल्नेछ। मेलामार्फत ग्राहकले कुनै पनि ब्रान्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउने कम्पनीले जानकारी दिएको छ।
मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुईपांग्रे सवारीसाधन लिँदा बजार मूल्यांकनभन्दा रु १० हजार बढी मूल्य पाउनेछन्। मेलामार्फत नै उपभोक्ताले कम्पनीद्वारा दसैँ तथा तिहारका अवसरमा सार्वजनिक ‘हर मोडमा उमंग’ योजनाअन्तर्गत नकिन्दै रु. १ लाख र किन्दा नगद रु. ५ लाखसम्मको नगद छुट पनि पाउन सक्ने व्यवस्था रहेको छ।
यसका साथै हरेक महिना लक्की ड्रमार्फत सतप्रतिशत क्यासब्याक पनि जित्न सक्नेछन् र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु. १० लाखको नगद पुरस्कार उपलब्ध गराइने कम्पनीले जनाएको छ।
यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ। जसअन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र शून्य प्रतिशत ब्याजदरको ईएमआईमा ईच्छुकले बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन्। यसबाहेक ग्राहकले हेलमेट, बाइक कभर र ब्यागजस्ता आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन्।
जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनका लागि एकमात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ। गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित छ।
6 minutes ago
26 minutes ago
28 minutes ago
34 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago