काठमाण्डौ । लोकप्रिय टु–ह्विलर्स कम्पनी टीभीएसले आफ्नो ग्राहकका लागि अपाचे ओनर्स ग्रुप (एओजी) नामक अपाचेधनीहरुका लागि रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरुको समूह बनाएको छ।

गत साउन  १४ गते शनिबारका दिन सो राइड विराटनगर महेन्द्रचोकबाट सुरु भएर नेता चोक–विराट चोकदेखि इटहरी–इनरुवाहुँदै कोशीटप्पुस्थित अकवा बर्ड इको रिसोर्ट सम्म ३५ सहभागीलाई टीभीएसले पुर्याएको थियो। विभिन्न पसाका सहभागीले भाग लिएको एओजीमा सहभागीका लागि २०० भन्दा धेरै आवेदन फारम भरेपछि चयन प्रक्रियामा ३५ जना चयन भएका थिए। विराटनगरमा भएको यो संस्करणका लागि दर्ता गरेका बाँकी राइडर्सलाई टीभीएसले विराटनगरकै भविष्यमा हुने अरु संस्करणमा उपस्थित गराउने जनाएको छ।

टीभीएसले आफ्नो ग्राहकका लागि विभिन्न कार्यक्रम र एड्भेन्चर सञ्चालन गरिरहेको हुन्छ। टीभीएसले विराटनगरसँगै अरु ठाउँमा पनि एओजी राइडका लागि दर्ता प्रक्रिया खुला गरिसकेको छ र नेपालको विभिन्न ठाउँहरूमा पनि एओजी राइड सञ्चालन गरिसकेको छ। एओजीमा सहभागी भई विभिन्न राइडमा मात्र नभई अन्तर्राष्ट्रिय कार्यक्रममा पनि सहभागी हुने मौका पाइन्छ। 

यो राइड अनुभवी मार्सलहरुको निगरानीमा भएको थियो। जसमा राइडरहरुलाई रोड सेफ्टीजस्ता विभिन्न प्रशिक्षण दिइएको थियो। यस एओजी राइडमा सहभागी हुने सबै राइडर्सलाई टीभीएसले फ्री राइडिङ गियर्स उपलब्ध गराएको थियो। सो राइडमा सहभागीहरुका लागि विभिन्न रोमान्चक खेलको आयोजना पनि थियो र विजेताहरुलाई पुरस्कार तथा सबै सहभागीलाई टीभीएसले उपहार र प्रमाण पत्र वितरण गरेको थियो। यसका साथै राइडरहरुले रिसोर्टको नजिकै हात्तीलाई खुवाउने मौकासमेत पाएका थिए।  यस कोशीटप्पु  क्षेत्रमा अक्टोबरताका ५३७ प्रजातिका चराहरु बसाइसराइ गरेर आउने गरेका छन्।  

एओजीबारे जगदम्बा मोटर्सका प्रतिनिधि एवं टीभीएस मोटरसाइकका प्रडक्ट म्यानेजर प्रशान्त राजभण्डारीले भने, ‘हामी अपाचे राइडर्सहरुको यति धेरै उत्साह देखेर निकै खुशी छौँ। हामी चाँडै नै एओजीबाट फेरि अर्को यात्रा सञ्चालन गर्नेछौँ। यस एओजी राइडको उद्देश्य चाहिँ नेपालमा अपाचे राइडर्सहरुको समूहलाई बलियो बनाउँदै हाम्रो ग्राहकलाई अझै नजिक राख्ने प्रयास हो।’

कोशीटप्पुस्थित अकवा बर्ड इको रिसोर्ट पुगेका सहभागी सन्दीप पोख्रेलले भने, ‘एओजीमा धेरै राम्रो समय बिताएका छौँ। हामीले मार्शलसँग धेरै सवारी प्रविधिहरु सिक्नुका साथै नयाँ साथीहरु भेट्न पाएका छौँ। यसपालि विराटनगरमा आयोजना हुँदा आफू जस्तै– अपाचेप्रेमी भेट्न पाउँदा र राइडमा सहभागी हुँदा खुसी नै बेग्लै छ र अब आउने दिनमा पनि टीभीएसले यस्तो कार्यक्रम आयोजना गर्नेछ भन्ने आशा छ। राइडमा साथीहरु पनि बनाए र रोमाञ्चक यात्रामा रमाउने मौका पनि पाए।’

जगदम्बा मोटर्स नेपालमा टीभीएस दुईपांग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो। नेपालमा १३८ भन्दा बढी डिलर र २०० भन्दा बढी सेवा र स्पेयर पार्ट्स स्टेसनहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र ग्राहकको मनमा स्थान बनाउन सक्षम भएको छ। गुणस्तरीय उत्पादन, बिक्रीपछिको सेवा र देशभर ब्याकअप पार्टपुर्जाको उपलब्धतामार्फत उपभोक्तालाई दिएको उच्चतम सन्तुष्टिका कारणले आज टीभीएस नेपालमा सबैभन्दा रुचाइएको दुईपांग्रे ब्रान्ड बनेको छ।