काठमाण्डौ । टीभीएस मोटर कम्पनीले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ। यो नयाँ मोडलमा TVS SMARTXONNECTTM कनेक्टिभिटी प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुका साथै हलुका वजन रहेको कम्पनीले जनाएको छ। 

योभन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टीभीएसले स्कुटर उद्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त SMARTXONNECTTM कनेक्टिभिटी प्ल्याट्फर्मसहितको लन्चसँगै स्कुटर उध्योगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ। यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फसनहरु समावेश गरिएको छ। १२५ सीसी सेग्मेन्टमा १० पीएसभन्दा धेरै पावर हुने यो नेपालकै एकमात्र स्कुटर हो। पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चन ले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ। यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यसलाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ।

यस अवसरमा टीभीएस मोटर कम्पनीको इन्टरनेसनल बिजनेसका उपाध्यक्ष राहुल नायकले भने, ‘नेपाल सधैँ हाम्रा लागि प्रमुख बजार भएको छ र यसले ग्राहकका लागि हाम्रा प्रस्तावहरु ल्याउन पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ। टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपालमा लन्च गर्न पाउँदाहामी अत्यन्तै हर्षित छौँ। टीभीएस एनटर्कले लन्च गरेदेखि नै नेपाली राइडरहरुबाट सबै सकारात्मकप्रतिक्रिया र प्रतिक्रिया संकलन गरिसकेको छ। भर्खरै लन्च गरिएको टीभीएस एनटर्क १२५ रेस एक्सपी यस खण्डमा उच्च शक्ति, फर्स्ट–इन–सेगमेन्ट डुअल राइड मोडहरु, उच्च टप स्पिड र उत्कृष्ट एक्सेलेरेसन प्रदान गर्दछ। स्कुटरले उत्कृष्ट कार्यसम्पादनको प्रतिबद्धतामात्रै गर्दैन तर उत्कृष्ट श्रेणीको कनेक्टिभिटी र सवारीसाधनका विशेषताहरुसहितको सेगमेन्ट–फर्स्ट १०.२ पीएस पावरले भरिएको छ जसले नेपालमा ग्राहकको आनन्दको हाम्रो दर्शनलाई थप जोड दिनेछ।’

लन्चमा बोल्दै जगदम्बा मोटर्सका म्यानेजिङ डाइरेक्टर साहिल अग्रवालले भने, ‘टीभीएस एनटर्क १२५ रेस एक्सपी’ नेपालमै गेम चेन्जिङ स्कुटर हुन सक्छ। हामीले पहिला पनि यसको लोकप्रियता देखिसकेका छौँ र अहिलेको नयाँ पुस्ताको राइडरहरु बिच, यो चर्चाको विषय हुनेछ भन्ने हामीलाई विश्वास छ।’  

टेक्नोलोजी 

यसको नयाँ विशेषता भनेको यसमा भएको ब्लुटुथ इनेबल्ड TVS SMARTXONNECTTM हो। जसलाई टीभीएस कनेक्ट मोबाइल एपमार्फत कनेक्ट गर्न सकिन्छ। यसमा भएको भोइस असिस्ट फिचरले राइडरको न्याभिगेसन लन्च गर्ने, मोड चेन्ज गर्ने लगायत १५ छुट्टा छुट्टै भोइस कमान्डहरु लिन्छ। यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइसमार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्नेछन्। त्यस्तै अपडेटेड र रिफ्रेस्ड यूआई/यूएक्स एवं राइड मोड बेस्ड लाइभ ड्यासबोर्डयुक्त टीभीएस कनेक्ट एपले राइडरहरुलाई एउटा नयाँ राइडिङ अनुभव प्रदान गर्छ। त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्लि देखाइन्छ। यसैगरी यसमा नियमित आवतजावत गरिरहने रुटहरु सेभ पनि गर्न मिल्छ। जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ।

पर्फर्मेन्स 

यसमा भएको टीभीएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ। साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन (आरटी–एफआई) इन्जिनले ५५०० आरपी टर्क प्रदान गर्दछ। त्यस्तै यसमा एक स्विचमै रेस मोड अथवा स्ट्रिट मोड छान्न सक्ने सुविधा पनि राइडरहरुले पाउनेछन्। रेस मोडमा हाइवेमा स्कुटरको स्पिड भने ९८ किलोमिटर प्रतिघन्टासम्म बढाउन मिल्छ भने स्ट्रिट मोड शहरको ट्राफिकमा उपयुक्त हुन्छ। स्ट्रिट मोड एक्टिभेट गरेपछि माइलेज बढ्नुका साथै राइडिङ स्मुथ हुन्छ।

स्टाइल 

हेर्दा चिटिक्क परेका यो स्कुटरमा अरुको भन्दा भिन्नै र आकर्षक देखिने सिग्नेचर हेड ल्याम्प, एलईडी टेल ल्याम्प राखिएको छ र नामअनुसार यसको कलर थिम र रेस इन्स्पायर्ड ग्राफिक्स पनि रहेको छ। यसका साथै स्पोर्टी रेड ह्विलस्ले यो स्कुटरलाई झनै स्टाइलिस देखाएको छ।

ट्राई–टोन कलर रिमसहित उपलब्ध यो स्कुटरको मूल्य रु. ३ लाख ५ हजार ९०० रहेको छ।