काठमाण्डौ । टीभीएस मोटर कम्पनीको नेपालका लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ। 

राइड शनिबार २६ गते नेपालगन्ज शोरुमबाट सुरु भएर मेरो प्लानेट अम्युजमेन्ट पार्कमा पुगेर सम्पन्न भएको थियो। राइडमा सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो। 

यसका साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो।

करिब ५० जना राइडर सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ। यसका साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो।