काठमाण्डौ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेड ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ नामका बेजोड अनि अद्भुत एक्सचेन्ज मेला भोलि असोज ३१ गतेबाट सुरु हुने भएको छ। 

यो मेला कात्तिक ५ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा चल्नेछ। यस भव्य मेलामा ग्राहकहरुले कुनै पनि ब्रान्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउनेछन्। 

यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुईपांग्रे सवारीसाधन लिँदा बजार मूल्यांकनभन्दा रु. ७ हजार बढीको मूल्य पाउनेछन्। यसका साथै नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुटको पनि व्यवस्था छ। 

यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ। जसअन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र रु. ४ हजार २७७ को मासिक ईएमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ। यसबाहेक ग्राहकले हेलमेट, बाइक कभर र ब्यागजस्ता उपहार पनि प्राप्त गर्न सक्नेछन्।   

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनका लागि एकमात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा  ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ। गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित छ।