काठमाण्डौ । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइर्ड टीभी ब्रान्ड टीसीएलले विश्वकम फुटबल प्रतियोगितालाई लक्षित गरेर ‘फुटबल हंगामा’ नामक योजना सार्वजनिक गरेको छ। 

यस योजनाअन्तर्गत ग्राहकले टीसीएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टी-सर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यसका साथै टीसीएलका कुनै पनि होम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादनहरु खरिद गर्दा १ भाग्यशाली ग्राहकले बम्पर उपहारमा ६५ इन्चको फोरके टेलिभिजन पनि जित्न सक्नेछन्। 

ग्राहकले आफूलाई बम्पर उपहारमा सहभागी गराउन टीसीएल टाइप गरी आफ्नो नाम र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखी ३१००३ मा एसएमएस गर्नुपर्नेछ। यो योजना मंसिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभरि लागू हुने कम्पनीले जनाएको छ।

यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो, एक्सचेन्ज अफर र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ। 

टीसीएल ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको आधिकारिक विश्वव्यापी प्रायोजक पनि हो। नेपाल अधिराज्यभर टीसीएल ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ईओएल रहेको छ। 

सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण ग्राहकलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाण्डौभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रविभवन, कीर्तिपुर, हात्तीगौँडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाण्डौबाहिर इटहरी, हेटौँडा र भरतपुमा छन्।