काठमाण्डौ । डेनिस ब्राण्ड टुबोर्गले आफ्नो सफल सांगीतिक अभियान टुबोर्ग ओपन फेरि सुरु गर्ने घोषणा गरेको छ । 

यस वर्ष भने, ग्रामी अवार्ड विजेता ‘क्लिन व्यान्डिट’ र ‘नितेशजंग कुंवर’ले नयाँ ट्रयाकको लागि सांगीतिक सहकार्य गर्नेछन् । 

‘क्लिन ब्यान्डिट’ मा ग्रेस च्याटो र दाजु–भाई ल्युक र ज्याक प्याटेरसन रहेका छन् । 

डेमी लोभाटो र सिन पल जस्ता कलाकारहरुसँग निकै लोकप्रिय रहेको ‘सोलो’ र ‘रकबाई’ गीतमा काम गरिसकेका क्लिन ब्यान्डिटले विश्वभर आफ्ना गीतहरुको ४ करोडभन्दा बढी कपीहरु बिक्री गर्न सफल रहेका छन् भने, नितेश जंग कुँवरको युट्युबमा ४ लाख पचासी हजार सब्सक्राइब्र्सको साथमा उनको गीतहरु निकै लोकप्रिय रहेका छन् ।

टुबोर्ग ओपनले संगीतको माध्यमबाट मानिसहरुलाई नयाँ शैली र अनुभवहरुको लागि खुल्ला (स्टे ओपन) रहन प्रेरणा गर्दछ । यस वर्ष, टुबोर्ग ओपनले क्लिन ब्यान्डिटलाई विश्वभरका विभिन्न सांगीतिक शैलीका कलाकारहरुसँग सहकार्य गराई क्लिन ब्यान्डिट र उनका प्रशंसकहरुलाई नयाँ अनुभव र पे्ररणा लिन निमन्त्रणा गरेको छ । 

क्लिन ब्यान्डिटलाई क्लासिकल्, पप र ईलेक्ट्रो जस्ता विभिन्न सांगीतिक शैली मिलाई प्रस्तुति दिने सांगीतिक समूहको रुपमा चिनिन्छ, जुन कारणले उहाँहरुलाई यस अभियान निकै सुहाउने अपेक्षा गरिएको छ ।

२०१९ मा टुबोर्गको साथमा क्लिन ब्यान्डिटले चाईना, इण्डिया, नेपाल, रसिया र भियतनाममा त्यहाँका स्थानीय कलाकारहरुसँग मिली सांगीतिक सहकार्य गर्नेछन् ।

उनीहरुको भ्रमणमा उनीहरुले आफ्ना दर्शकहरुसँग भेट्ने र स्थानीय कलाकारसँग कोल्याबोरेसन ट्रयाकका लागि काम गर्नेछन् । स्थानीय कलाकारहरुले सुरु गरेको ट्रयाकमा क्लिन ब्यान्डिटले आफ्ना रचना र शैली झल्काउँदै पूर्ण बनाउनेछन् ।

युक्रेन, सर्बिया र बोस्नियामा भने त्यहाँका स्थानीय कलाकारहरुले क्लिन ब्यान्डिटको कुनै ट्रयाक आफ्नो शैलीमा प्रस्तुत गर्नेछन् । सबै ट्रयाकहरुको ग्लोबल प्लेलिस्ट बनाई विश्वभरका डिजिटल स्ट्रिमिङ प्लाटफर्महरुमा राखिनेछन् ।

अभियानको सुरुवातमा ग्रेस च्याटोले भनिन्, “टुबोर्ग ओपनको साथमा यी पाँच राष्ट्रहरुमा कलाकार र दर्शकहरुसँग भेट्न हामी निकै उत्साहित छौ । नयाँ ठाउँहरु घुम्न र नयाँ संस्कृतिहरुबारे बुभ्mन हामी सधै उत्सुक हुन्छौ ।”

ज्याक प्याटेरसन्ले थपे, “संगीतकार र चलचित्र निर्माता भएको नाताले हामीले सधैं विभिन्न शैली र संस्कृतिहरुबाट प्रेरणा लिएका छौं । नयाँ संस्कृतिमा भिज्नु, त्यहाँका स्थानिय कलाकारहरुसँग सहकार्य गर्न पाउनु हामी कलाकारहरुको लागी निकै सुनौलो अवसर हो ।”

नयाँ कलाकारहरुसँग सहकार्य गर्ने अवसरबारे ल्युक प्याटेरसनले भने, “कलाकारको लागी नयाँ शैलीमा संगीत बनाउने तरिकाको लागी खुला रहनु निकै आवश्यक छ । नयाँ कामहरु गर्ने चाहना नै सांगीतिक सहकार्यको मुख्य तत्व हो र क्लिन ब्यान्डिट ब्याण्ड सुरु गरे देखि नै हामीले यही गर्न खोजेका छौं । यस अभियान मार्फत हामीले विश्वभरका कलाकारहरुसँग काम गर्न पाउँदा र निकै प्रतिभाशाली संगीतकारहरुसँग नयाँ अनुभवहरु बटुल्न पाउने हुँदा निकै उत्सुक छौ ।”

नेपाल, चाईना, भारत, भियतनाम र रसियाको भ्रमणहरु खिचि टुबोर्गको डिजिटल च्यानलहरुमा यही बैशाख बाट राखिनेछ जहाँ विश्वभरका दर्शकहरुले क्लिन ब्यान्डिटको भ्रमण र अनुभवहरु हेर्न पाउनेछन् ।

टुबोर्गका अन्तर्राष्ट्रिय मार्केटिङ्ग म्यानेजर, मिलान शाह भन्छन्, “टुबोर्ग ओपनले विश्वभर हामीले आशा गरेको भन्दा धेरै ठूलो र सकारात्मक छाप पार्न सफल भएको छ । हामीले अहिलेसम्म विभिन्न संस्कृति र सांगीतिक शैलीहरु मिलाई २० वटा कोल्याबोरेटिभ ट्रयाकहरु तयार गरेका छौ । हाम्रा ५ मुख्य बजारहरुमा क्लिन ब्यान्डिटलाई लगी ती देशहरुको अनुभव दिलाउन हामी उत्सुक छौ । विभिन्न सांगीतिक शैलीहरु मिलाई रचना गर्नुमा क्लिन  ब्यान्डिटको राम्रो इतिहास रहेको छ । त्यसैले, उनीहरुलाई विभिन्न संस्कृति र शैलीका कलाकारहरुसँग सहकार्य गर्ने मौका दिन पाउँदा निकै खुसी छौं ।”

गोर्खा ब्रुअरी प्रा.ली. का मार्केटिङ डाईरेक्टर, बैभब शर्मा भन्छन्, “टुबोर्गको संगीतसँग लामो र गौरवशाली सम्बन्ध रहेको छ । जसले, नयाँ शैली र कलाकारहरुलाई नयाँ बजारमा चिनाउन मद्धत गर्दछ । यस वर्षको टुबोर्ग ओपन अभियान मार्फत हामी फेरि एक पटक विश्वभरका मानिसहरुलाई ‘ओपन टु मोर’ हुन प्रोत्साहन गर्दैछौं । हाम्रो स्थानीय कलाकार नितेश जंग कुँवरसँग क्लिन ब्यान्डिटको सांगीतिक सहकार्यको घोषणा गर्न पाउँदा उत्साहित छौं ।”