काठमाण्डौ । डेनिस बियर ब्रान्ड टुबोर्गले मानिसहरुलाई एकताबद्ध गर्ने संगीतको शक्ति मनाउने अभियानअन्तर्गत टुबोर्ग ओपनको नयाँ प्रस्तुतिका लागि युवापुस्तामाझ लोकप्रिय गायक सुशान्त केसीले विश्वव्यापी प्रचलित डिजे डेभिड गुएटासँग सहकार्य गर्ने घोषणा गरेको छ।
उक्त अभियानअनुरुप गायक सुशान्त केसीले डेभिड गुएटाको नयाँ ट्रयाक ‘गेट टुगेदर’ को अफिसियल रिमिक्स् रिलिज गर्नेछन्। जुन ट्रयाक गुएटाले विश्वका विभिन्न क्षेत्रहरुका कलाकारहरुलाई एकसाथ ल्याउनका लागि सिर्जना गरेका हुन्।
नेपालको कलाकारसँग सहकार्य गर्न पाउँदा उत्सुक हुँदै गुएटा भन्छन्, ‘विश्वभरका विभिन्न कलाकारहरुसँग काम गर्ने सोच मलाई मनपर्छ। त्यसैले मलाई लाग्छ कि टुबोर्ग ओपन प्रोजेक्ट निकै राम्रो छ। मेरो सम्पूर्ण जीवन मैले कलाकार, डिजे, निर्माता र पपस्टारहरुसँग सहकार्य गरिरहेको छु र म यो काम गर्न एकदम मन पराउँछु किनभने मलाई विश्वास छ कि संसारमा यति धेरै प्रकारका मानिसहरु छन् जो बाट हामी सबैले सिक्न सक्छौँ।’
‘हालसालै मेरो करिअरमा म आफूलाई अझै बढी नयाँ कलाकारहरुसँग सहकार्य गर्न खोजी रहेको छु। म यो गर्न चाहन्छु किनकि मैले उनीहरुलाई केही कुराहरु सिकाउन सक्छ तर सबैभन्दा महत्वपूर्ण कुरा त उनीहरुले मलाई सिकाउन सक्छन् किनकि उनीहरुको संसारको दृष्टिकोण फरक छ। यो संगीत वा शब्दमा हुन सक्छ तर हामी दुवैको प्रस्तुतिको संयोजनले केही नयाँ ताजा महसुस गराउने सिर्जना हुने आशा राख्छु।’
सुशान्त केसी नेपाली संगीत क्षेत्रको एक लोकप्रिय नाम हो। उनी आफ्नो मधुर र आत्मीय गीतहरुका लागि परिचित छन्। उनको आमा, मायामा, साथीजस्तै गीतहरु भावनात्मक र अर्थपूणका लागि प्रशंसित छ।
विश्वको सबैभन्दा ठूला डिजेहरुमध्ये एकका साथमा काम गर्ने प्रोजेक्टका बारेमा बोल्दै सुशान्त भन्छन्, ‘मैले एक गायक–गीतकारका रुपमा सिर्जना गरेको सबै कुराहरु मेरो उत्कटताबाट निस्केको छ। यस्ता उदाहरणहरु पनि छन् जब आफ्नो प्रयासहरुले छुटाउन नहुने अवसरहरु आमन्त्रित गर्दछ। मलाई यो प्रोजेक्ट निकै राम्रो लाग्छ र यसको हिस्सा हुने चाहना पहिलेदेखि नै थियो। अहिले भने साँच्चै त्यो समय आएको छ। म उक्त संगीतको कलाकारको जादुमा थप निखार ल्याउन चाहन्छु जसले हाम्रो राष्ट्रको प्रतिनिधित्व गर्दछ। म केही सुन्दर प्रस्तुति सिर्जना गर्न चाहन्छु।’
सुशान्त केसीको ‘गेट टुगेदर’ को नयाँ रिमिक्समा काम गरिरहेका छन् र त्यो सेप्टेम्बरको अन्तिम सम्ममा दर्शक माझ उपलब्ध हुनेछ।
डेभिड गुएटाले टुबोर्गसँगको सहकार्यमा लिरिक भिडियो पनि निर्माण गरेका छन् जुन् नेपालका दर्शकहरुले ए.आर.मा अनुभव गर्न सक्छन्। सबै दर्शकले टुबोर्गको फेसबुक पेजमा गई त्यहाँ भएको लिंक प्रयोग गरी आफ्नो घरमै आरामले डेभिड गुएटाले ‘गेट टुगेदर’ बजाएको सुन्न सक्नेछन्।
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago