काठमाण्डौ। नेपालको सबैभन्दा लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीतको कयौँ वर्षदेखि निकै नै गहिरो सम्बन्ध चलि आइरहेको छ। टुबोर्गले सधैँ संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आइरहेको छ।
यसैसम्बन्धी गत ५ वर्षदेखि टुबोर्गले टुबोर्ग ओपेन क्याम्पेनद्वारा निरन्तर कैयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारसँग संलग्न भई संगीत क्षेत्रलाई उत्थान गर्दै आइरहेको छ। टुबोर्गले नेपालमा मात्र नभई भारत, चीन, टर्की, सर्बियालगायत अन्य देशमा पनि टुबोर्ग ओपेन क्याम्पेनद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारलाई जोडेर नयाँ संगीत सिर्जना गर्दै आइरहेको छ। टुबोर्ग ओपेन अभियान टुबोर्ग उत्पादन फैलियेका विभिन्न देशमा छैटौँपटक हुँदैछ भने नेपालमा यो पाँचौँपटक हुनेछ।
टुबोर्ग ओपेनको हरेक वर्ष एउटा मुख्य थिम हुन्छ। यो वर्षको थिम भने ‘टेक दी स्टेज’ भनेर छ। जसमा अन्तर्राष्ट्रिय विश्वप्रख्यात कलाकारले उभर्दो स्वदेशी कलाकारलाई मेन्टरसिप प्रदान गरी उनीहरुलाई संगीतको मूल भाव र एउटा लोकप्रिय कलाकार कसरी बन्ने भनी मार्गदर्शन गरेका छन्।
टुबोर्गले यसपटक लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनमा जोडेको छ। उनीसँगै जोडिएका छन् नेपालका उदयीमान कलाकार भेक। जेसन डेरुलो अमेरिकी गायक तथा गीतकार हुन्। उनले आफ्नो पहिलो एकल गीतबाटै अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए भने उनको सो गीत अमेरिका र न्युजिल्यान्डमा नम्बर १ मा पुग्न सफल भएको थियो। उनका थुप्रै गीत हिट छन्। जसमध्ये केही हिट गीत “Jalebi baby”, “Swalla”, “Savage Love” हरु आदि हुन्।
भेक नेपाली सांगीतिक आकाशमा पछिल्लो पुस्ताका उदयीमान लोकप्रिय संगीतकर्मी हुन्। उनले पनि छोटो समयमै लोभलाग्दो लोकप्रियतासँगै क्रेज कमाएका छन्। उनको सबैभन्दा चर्चित गीतहरु मध्य “एकलै जिउन सिके”, “मायालु” , “लै बरी लै” जस्ता गीतहरुले लाखौँ भ्युज नै काटेका छन्।
गत महिना जसेन डेरुलोसगँ अमेरिकाको लस एन्जलसमा टुबोर्ग ओपेन २०२२ को इमर्जिङ कलाकार भेकले मेन्टरसिप प्राप्त गरी नेपाल फर्किसकेका छन्। यो वर्षका लागि भेकले आफ्नो मेन्टरसिपद्वारा सिकेका ज्ञानहरुले एउटा नयाँ गीत बनाउन गईरहेका छन्। जुन आउँदो केही महिनामा बजारमा सर्वत्र उपलब्ध हुनेछ।
गोर्खा ब्रुअरीका मर्केटिङ डाइरेक्टर आशीष बिस्ट भन्छन्, ‘टुबोर्ग र संगीतको नाता नेपाली सांगीतक क्षेत्रमा एकदम गहिरो छ। गत कैयौँ वर्षदेखि यो अटुट सम्बन्ध अझै पनि कायम छ। चाहे त्यो संगीतको विधा रक होस्, क्लासिक होस्, दोहोरी होस् अथवा ईडीमा नै होस् टुबोर्गले सधैँ संगीतलाई समर्थन गर्दै आऐको छ। यसपालि पनि सोही सम्बन्धलाई अगाडि लगी टुबोर्गले संगीतद्वारा देश तथा विदेशमा रहेका कलाकारलाई जोड्न सफल भएका छ।’
7 minutes ago
17 minutes ago
28 minutes ago
43 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago