काठमाण्डौ । आर्थर गन् नामले प्रचलित गायक दिवेश पोखरेलले आफ्नो टुबोर्ग होमकमिङ टुरको क्लब प्लाटिनम काठमाण्डौ, लाइम एन् लेमन लाउन्ज चितवन र रोलिङ स्टोन्स पोखराको व्यापक सफलतापछि गत बुधबार पनि लर्ड बुटवलमा उक्त टुरलाई भरपु्र दर्शकहरु माझ जारी राखेका छन्।
कार्यक्रममा ‘उनले के पीर पर्यो तिमीलाई?’ गीतबाट सुरु गरेका थिए। ‘लभ इज माई रिडेम्पसन’, ‘न्यानो घर’ जस्ता उनका लोकप्रिय गीतहरुले दर्शकको निकै ताली पायो। समग्रमा दर्शकहरुले आर्थरका नेपाली र अंग्रेजी गीतहरुको मजा लिए।
आफ्नो टुरको उद्घाटनमा काठमाण्डौ, चितवन, बुटवल र पोखराका दर्शकहरुको अपार माया र समर्थन पाएपछि आर्थरले धरान, बिर्तामोड र कीर्तिपुरजस्ता नेपालका बाँकी सहरहरुमा प्रत्यक्ष प्रस्तुति दिनेछन्।
सन् २०२० मा अमेरिकी गायन रियालिटी शो “अमेरिकन आईडल १८औँ सिजन” को एक हिस्सा बनेपछि आर्थर गन्को लोकप्रियता निकै बढ्यो। प्राय दर्शकहरुले उनलाई उनको अमेरिकन आइडल अडिसनबाट चिन्न सक्छन् जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रिडेन्स् क्लियरवाटर रिभाईभल्को ह्याब् यु एभर सिन द रेन नामक गीतहरु गाएका थिए। उनको प्रस्तुतिलाई सबै ३ निर्णायकहरु द्वारा धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटी पेरीले उनलाई “हि इज द बेस्ट” भनि प्रशंसा पनि गरेकी थिइन्।
उनी उक्त शोको १८औँ सिजनको उपविजेता रहे। उनको भिन्न र अद्वितीय स्वरलाई धेरै लोकप्रिय अन्तर्राष्ट्रिय गायकहरु र कलाकारहरुले समस्त कार्यक्रम भरि प्रशंसा गरे।
टुबोर्गको संगीतसँग निकै गाढा सम्बन्ध रहेको छ र टुबोर्गले नेपालमा आफ्नो सुरुआतदेखि नै नेपाली संगीत क्षेत्रको उत्थानका लागि समर्थन गर्दै आएको छ। त्यसैले सोही प्रवृत्तिलाई निरन्तरता दिँदै टुबोर्ग यस टुरको शीर्ष प्रायोजक रहेको छ।
गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर, आशिष विष्ट भन्छन्, “टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रही आएको छ। टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैं समर्थन गर्दै आएको छ। सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गन्सँग आबद्ध हुन पाउँदा निकै गर्व महसुुस गरेका छौँ किनकि उनले आफ्नो संगीतमार्फत नेपाली संगीतप्रेमीहरुलाई गौरवान्वित बनाएका छन्।”
आर्थर गनले आज प्रिभे नेपाल काठमाण्डौमा प्रस्तुति दिनेछन्।
3 minutes ago
14 minutes ago
29 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago