काठमाण्डौ । नेपालको सर्वाधिक लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीत निकै लामो समयदेखि सफलपूर्वक आबद्ध भई आइरहेको छ।
टुबोर्गले नेपाली संगीत उद्योगको उत्थानका लागि सधैँ सम्भवत रुपमा काम गर्दै आएको छ। टुबोर्ग ओपन २०२२ राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरुको सहकार्यबाट संगीत उद्योगमा योगदान पुर्याउँदै आएको पहलको निरन्तरता हो।
यो वर्षको टुबोर्ग ओपेन थिम ‘टेक द स्टेज’अन्तर्गत भेक र विश्वभरका अन्य उदीयमान कलाकारहरुले जेसन डेरुलोलाई भेट्ने र लस एन्जेलसमा उनीसँग व्यक्तिगत मेन्टरसिपसत्र प्राप्त गर्ने मौका पाए। उक्त मेन्टरसिपसत्रमा जेसनले कलाकारहरुलाई एउटा सफल गीत सिर्जना गर्ने तरिकाहरु र संगीत उद्योगमा कसरी सफल हुने विषयका बारेमा मार्गदर्शन गराए।
लस एन्जेलसमा जेसनको मेन्टरसिपबाट सबै सिकेका कुराहरु आत्मसात गर्दै भेक्ले टुबोर्ग ओपेन २०२२का लागि आफ्नो नयाँ गीत प्रस्तुत गरेका छन्।
टुबोर्ग ओपेनले आफ्नो पाँचौँ वर्षको सुरुआत जेसन डेरुलोको मेन्टरसिपमा भेकको नयाँ गीत ‘खोलौँ रमेर’ को साथमा गरेको छ। उक्त गीतलाई दर्शकहरुले निकै रुचाएका छन् र युट्युबको टुबोर्ग नेपाल च्यानलमा रिलिज भएको केही घन्टामै सो गीतले स्रोत–दर्शकहरुबाट धेरै माया पाइरहेको छ।
गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशीष विष्ट भन्छन्, ‘निकै लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिँदै आएको छ। टुबोर्गले नेपाली सांगीतिक जगतको उत्थानका लागि सधैँ सम्भवत रुपमा काम गर्दै आएको छ । टुबोर्ग ओपन २०२२ अभियान सोही उद्देश्यको पहल हो, जहाँ हामीले नेपालका उदीयमान कलाकारहरुलाई उनीहरुको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेका छौँ। हामी यस वर्षका लागि जेसन डेरुलो र भेकसँग सहकार्यका लागि निकै उत्साहित छौँ र दर्शकहरुले दिनुभएको सकारात्मक प्रतिक्रियाहरुबाट निकै खुसी छौँ ।’
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago