काठमाण्डौ । नेपाली संगीत क्षेत्रमा आफ्नो प्रतिभाशाली प्रस्तुतिहरु पेस गर्दै आइरहेको दी एलिमेन्टस ब्याण्डले टुबोर्ग ओपन सेसन्स् २ मा आफ्नो लोकप्रियगीत ‘अल्लारे’ को प्रस्तुति दिएका छन् ।

टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो । जसमा विभिन्न प्रसिद्घ कलाकारको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुति पेश गरिन्छ । उक्त डिजिटल प्ल्याट फर्म प्रसिद्ध कलाकारहरूको गौरवपूर्ण उत्सव हो । जहाँ उनीहरू लोकप्रिय गीतहरू फरक तरिकाले प्रदर्शन गर्छन् ।

सबैभन्दा महत्वपूर्ण रूपमा टुबोर्ग स्टेज उदाउँदो कलाकारहरूका लागि एक उत्तम च्यानल हो । जहाँ उनीहरूको संगीत प्रवद्र्धन र गीतहरुको बढवा गर्दछ ।

अल्लारे गीतको शब्दहरु मात्र एकै रातमा लेखिएको थियो । सुरुमा सामान्य रुपमा उकुलेलेको धुनमा अनि सामान्य रेकर्डर प्रयोग गरी रेकर्ड गरिएको थियो ।

टुबोर्ग ओपन सेसन्स् २ मा भने थप जोसिलो र रमाइलो शैलीमा यो गीत प्रस्तुत गरिएको छ । गीतको वातावरण र प्रकृतिलाई थप रमाइलो बनाउन धेरै बाजाहरुको धुन थपिएको छ ।

दी एलिमेन्टसमा ईशान ओन्टा गायक, ड्रम्समा दिपेश गुरुङ र गितारमा रौनकसिं अधिकारी छन् । टुबोर्ग ओपन सेसन्सको पहिलो संस्करणमा दी एलिमेन्टसले प्रस्तुति दिएको लोकप्रिय गीत ‘बिर्सने हौ कि’ ले सबैभन्दा धेरै भ्युज र स्ट्रिम संकलन गरेको छ ।

टुबोर्ग ओपन सेसन्स् सिजन २ मा प्रख्यात निर्माता रोहित शाक्य र मनोजकुमार केसीले नेपाली संगीतको सारलाई पुनर्जीवित गर्दै सबै २६ वटा गीतमा सँगै सहकार्य गर्नेछन् । सिजन २ ले नेपाली संगीतकारहरुसँग गौरवपूर्ण उत्साह मनाउँदै उनीहरुलाई टुबोर्ग ओपनको मञ्चमा ल्याउने क्रम जारी राख्नेछ ।

नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत सांगीतिक आधारहरुलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको छ । टुबोर्ग ओपन सेसन्स् सिजन १ ले नेपाली दर्शकलाई कलाकारहरुको विविध समूहको प्रस्तुतिको साथ ध्यानाकर्षण गर्न सफल रह्यो ।

सिजन १ मा ५ ड्रिम बिग प्रोजेक्टका विजेताहरुका साथै ३६ जना लोकप्रिय कलाकारहरुले ५१ वटा गीतहरु निर्माण गर्न सँगै सहकार्य गरेका थिए । जुन युट्युबमा च्यानल आरबिट्ररीमार्फत अपलोड गरिएको थियो । जसले १ करोडभन्दा बढी भ्युज संकलन गरेको छ ।