काठमाण्डौ । नेपाल टेलिकमले फाइबर टू द होम(FTTH) सेवाको महसुल दर परिमार्जन गरेको छ । 

टेलिकमले २०७३ आषाढ ३ गते देखि FTTH सेवाको महसुल दरमा परिमार्जन गरेको हो । यस अनुसार प्याकेज बिक्री वितरण, CPE महसुल तथा अप्टिकल फाइबरको दर निम्न बमोजिम रहेको टेलिकमले जनाएको छ ।

FTTH सेवामा निम्नानुसारको प्याकेज मात्र बिक्री वितरण गरिने भएको छ :

यस्तैगरी हाल उपलब्ध रहेका FTTH सेवाको CPE को शुल्क परिमार्जन गरी निम्नानुसार कायम गरिएको छ :

कम्पनीबाट उपलब्ध गराइएको सीपीई(CPE) बिग्रिएको खण्डमा एक महिनासम्म निःशुल्क मर्मत तथा रिप्लेस गरने र सो अवधि पछि रु.५,०००।– लिएर रिप्लेस गरिने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन ।

अप्टिकल फाइबरको महसुल दरमा पनि केही परिवर्तन गरिएको छ । FTTH सेवा जडान गर्दा ग्राहकहरुलाई आवश्यक 2 Core Optical Fiber १ सय मिटरसम्म निःशुल्क र सो भन्दा माथि प्रति मिटर रु.२०।– लिई सेवा सञ्चालन गरिने बताइएको छ । ग्राहकको फाइबर काटिएर, चुँडिएर वा पुरानो भएर अवरुद्ध भई सेवा पुनः सञ्चालन गराउनका लागि फाइबर नै परिवर्तन गर्नु परेमा प्रति मिटर रु.२०।– लिई जडान तथा रिप्लेस गरिने  प्रवक्ता वैद्यले जानकारी दिइन ।