काठमाण्डौ । नेपाल टेलिकमले चाडपर्वको अवसरमा जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि शुभरात्री प्याकेज ल्याउने घोषणा गरेको छ । 

यो अफर राति ११ बजेदेखि विहान ५ बजेसम्म प्रयोग गर्न सकिनेछ । ठूला चाडपर्वको अवसरमा घोषित यो अफर आगामी भदौ १८ गतदेखि १५ दिनसम्मका लागि लागू हुने नेपाल टेलिकमले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 

यो सुविधा डाटा प्रयोगकर्ताहरुमा केन्द्रीत छ । टेलिकमका अनुसार ७ दिनको समयावधिभित्र सक्ने गगरी  ५ सय एमबी डाटा ४० रुपैयाँ(करबाहेक) र १५ दिनसम्म प्रयोग गरिसक्ने शर्तमा १ हजार २ सय एमबी डाटा रु. ८५(कर बाहेक)मा उपलब्ध हुनेछ । 

उपभोक्ताले ५०० एमबी डाटाका लागि SPECIAL500MB र १२ सय एमबी डाटा प्रयोगका लागि SPECIAL1200MB लेखेर १४१५ मा  म्यासेज गर्नुपर्ने हुन्छ ।