काठमाण्डौ । एलन मस्कको इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला विश्वभर आफ्नो अद्भुत उत्पादनले चर्चित छ। टेस्लाका कार डिजाइनले मात्र होइन तिनमा जडान गरिएका फिचर्सले पनि आमकारभन्दा भिन्न देखिन्छन्। 

हालै टेस्लाले विनाचालक गुड्ने स्वचालित कार सार्वजनिक गरेको थियो। त्यसको विश्वभरि नै निकै चर्चा पनि भयो। धेरैले यसलाई खतरनाक भने कतिपयले भविष्यको आवश्यकका रुपमा औँल्याए। 

हालै सामाजिक सञ्जालमा सर्वाजनिक टेस्लाको विनाचालक गुड्ने कारको एउटा भिडियो निकै भाइरल भएको छ। किनकि उक्त कारले आकाशमा देखिएको चन्द्रमालाई ट्राफिल सिग्नलको पहेँलो बत्ती सम्झने भुल गर्यो।

उक्त भिडियो क्लिपको ट्विटर युजर जोर्डन नेल्सनले सेयर गरेका छन्। जसमा लेखिएको छ, ‘एनल मस्क, तपाइँ सायद आफ्नो टिमलाई भन्न चाहनुहुन्छ कि चन्द्रमाले तपाइँको विनाचाकल गुड्ने कारलाई कसरी कन्फ्युज गरिरहेको ?’

उक्त कारले आकाशमा देखिएको चन्द्रमा ट्राफिक सिग्नलको पहेँलो बत्ती सम्झियो तर आफ्नो गति कम गर्न थाल्यो। २३ सेकेन्डको यो भिडियोमा चन्द्रमा लाई ट्राफिक सिग्नल सम्झेर गति कम गर्दै कार अगाडि बढिरहेको देखिन्छ। कतिपयले भनेका छन्, ‘धन्न आकाश चन्द्रमा रातो रङमा देखिएन, नत्र टेस्लाको कार....!’