काठमाण्डौ । टेस्लाले आफ्नो इलेक्ट्रिक सेमी ट्रकको डेलिभरी सुरु गरेको छ।
यो ट्रक सडकमा चल्ने कुनै पनि डिजेल ट्रकभन्दा ३ गुणा बढी शक्तिशाली रहेको कम्पनीको दाबी छ। ट्रक २० सेकेन्डमा ०–६० माइल प्रतिघन्टा (९७ किमी÷घन्टा) को गतिमा पुग्न सक्छ। यसको ब्याट्री दायरा ५०० माइल (लगभग ८०५ किलोमिटर) छ। मूल्यहरु २ लाख ५० हजार डलरबाट सुरु हुन सक्छ।
कम्पनीका सीईओ एलन मस्कले नेभाडाको स्पार्कसस्थित कम्पनीको गिगाफ्याक्ट्रीमा आयोजित एक कार्यक्रममा सफ्ट ड्रिंक कम्पनी पेप्सीलाई पहिलो ट्रक डेलिभर गरे। पेप्सीले डिसेम्बर २०१७ मा १०० ट्रक अर्डर गरेको थियो, जब टेस्ला सेमी पहिलोपटक एक कार्यक्रममा लन्च भएको थियो। अन्य उच्च–प्रोफाइल ग्राहक वालमार्ट र यूपीएस पनि उक्त कार्यक्रममा सहभागी भएका थिए।
यो ट्रक २०१९ मा डेलिभरी गर्ने भनिए पनि कोरोनाका कारण ढिला भएको थियो।
यो ट्रकमा राम्रो भिजिबिलिटीका लागि युनिक सेन्ट्रल सिटिङ दिइएको छ। त्यहाँ दायाँपट्टि कपहोल्डर र वायरलेस फोन चार्जरका साथ कन्सोल गरिएको छ। दुवै छेउमा ठूलो स्क्रिन छ। यसबाहेक कम्पनीको दाबी छ कि दुर्घटनाको मामिलामा अल–इलेक्ट्रिक आर्किटेक्चरले रोलओभर रिस्क र र क्याबिन इन्स्ट्रक्सन दुवै कम गर्दछ।
मस्कका अनुसार ८ सेमी–ट्रकमध्ये एउटाले ८१ हजार पाउन्ड (३६.७४ टन) कार्गोका साथ ५०० माइलको यात्रा पूरा गरेको थियो। यो यात्रा क्यालिफोर्नियाको फ्रेमोन्टको टेस्ला कारखानाबाट राज्यको दक्षिणी छेउमा रहेको सान डिएगोमा भएको थियो। यो यात्रामा ब्याट्री रिचार्ज गर्न आवश्यक परेन।
डेमलर, भोल्भो, पिटरबिल्ट र बीवाईडीजस्ता प्रमुख उपकरण निर्माताले पनि आफ्नै इलेक्ट्रिक लङ–होलरमा काम गरिरहेका छन्। यद्यपि, विद्युतीय सवारीसाधनको व्यापक प्रयोगअघि पार गर्न अझै ठूला चुनौती छन्। यसले वेट रेस्ट्रिक्सनदेखि लिएर सुविधाजनक चार्जिङ स्टेसनहरुको उपलब्धतासम्मका चुनौतीहरुको सामना गर्नुपर्नेछ। –एजेन्सी
7 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago