काठमाण्डौ । अमेरिकाको बहुचर्चित इलेक्ट्रिक गाडी निर्माता कम्पनी टेस्लाले भर्चुअल मुद्रा बिट्क्वाइनमा १.५ बिलियन डलर लगानी गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै विश्व सेयर बजारमा बिट्क्वाइनको मूल्य एकैदिन १० प्रतिशत बढेर ४४ हजार अमेरिकी डलर हुन पुगेको छ। 

टेस्लाको सीईओ एलन मस्कले सोमबार बिट्क्वाइनमा लगानी गर्ने घोषणा गरेका हुन्। यो लगानीसँगै टेस्ला कम्पनीका खरिदकर्ताले कारको मूल्य बिट्क्वाइनमार्फत नै तिर्न मिल्ने सुविधाका लागि भर्चुअल मुद्रामा लगानी गर्दा मूल्यमा उछाल आएको हो।

केहीले एलन मस्कको यो निर्णयको निकै आलोचना गरेका छन्। यद्यपि मस्कले कम्पनीको बृहत्तर योजना र आफ्ना ग्राहकलाई सुविधाजनक भुक्तानीका लागि गरिएको बताएका छन्। – एजेन्सी