काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट बन्द गरेको ट्विटरको सेयरमूल्यमा व्यापक असर परेको छ।
अमेरिकी संसद् भवनमा ट्रम्प समर्थकबाट भएको आक्रमणपछि थप हिंसा भड्किन नदिन ट्विटरले राष्ट्रपति ट्रम्पको ट्विटर अकाउन्ट स्थायी रुपमा बन्द गरेको थियो। सोही कारण गत शुक्रबार ट्विटरको सेयरमूल्यमा करिब ४ प्रतिशतको गिरावट आएको हो।
फोक्स बिजनेसका अनुसार शुक्रबार ट्विटरको सेयरमूल्यमा ३.७७ प्रतिशतले गिरावट आउँदै प्रतिसेयर ४९.४८ डलरको भाउमा बन्द भएको छ।
ट्रम्पको समर्थकलाई उक्साउने खालको पोस्टका कारण फेसबुक र इन्स्टाग्रामले पनि ट्रम्पको अकाउन्ट अस्थायी रुपमा बन्द गरेका छन्। – एजेन्सी
11 minutes ago
44 minutes ago
54 minutes ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
14 hours ago
14 hours ago