काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकतर विरोधीहरुलाई ट्रम्प ह्वाइटहाउसबाट बहिर्गमन हुन अझ ४ वर्ष लाग्छ भन्ने कुरामा निश्चिन्त छन् । तर अमेरिकामा जादूटूनामा विश्वास गर्ने कतिपय महिलाहरुलाई भने यस्तो लाग्दैन । उनीहरु जादूटुना गरेरै भए पनि ट्रम्पलाई ह्वाइट हाउसबाट लखेट्न सकिन्छ भन्ने विश्वास गर्छन । 

यही उद्देश्यले शुक्रबार मध्यराति १२ बजे अमेरिकामा जादूटूनामा विश्वास गर्ने मानिसहरुले ट्रम्पलाई पदच्यूत गर्नका लागि सामूहिक अनुुष्ठान गरेका बीबीसीले जनाएको छ । 

सामाजिक सञ्जालमा यो सिलसिलामा #magicresistance को ह्याट्सट्याग पनि चलाउन थालिएको छ । तर यो सामूहिक जादूटुनाले रुढीवादी इसाईहरुको रीसको पारो पनि चढाइदिएको बताइएको छ । उनीहरुले बोक्सो प्रवृतिविरुद्ध अध्यात्मिक युद्ध छेड्ने चेतावनी समेत दिएका छन्।

यस्तो जादूटूनामा सामेल लेखक माइकल हजेसले आफ्नो अनुुष्ठानको भीडीयो अनलाइन पोस्ट गरेपछि भनेका छन् कि उनले जादूटुनासँग जोडिएका कयौं निजी समूहसँग समेत यस्तो भिडियो देखेका छन् । 

जादूटूनामा भनिने शब्द भन्ने क्रममा देवतालाई डोनाल्ड टम्पलाई बन्धनमा बाँध्ने आग्रह गर्दै भनिएको छ–‘ट्रम्पको गलत र काइते काम पूरा रुपमा असफल होस्, उसले अमेरिकाको राम्रो नीतिको तोड्न नसकोस् । स्वतन्त्रताको अपहरण नहोस् । र, ट्रम्पले हाम्रो दिमागमा नफरत, असमञ्ज्स्य, डर र उदासीनता भर्न नसकून् ।’ 

जादूटुनामा सामेल मानिसहरुले ट्रम्पले पद नछाडेसम्म यो कार्य जारी राख्ने दाबी गरेका छन् । तर रुढीवादी ट्रम्पका समर्थकहरुले भने जादूटूनाको शक्तिलाई बिफल तुल्याइदिने चेतावनी दिएका छन् । उनीहरुको भनाईमा यस्तो जादूटूना यशू ख्रिस्ट भन्दा बलवान हुँदैन । क्रिश्चियन नेशनलिस्ट अलायन्सले मानिसहरुलाई २४ फेब्रुुअरीमा जादूटुनाबाट ट्रम्पमा क्षति पुुग्नसक्ने भन्दै सामूहिक प्रार्थनमा उत्रन आग्रह गरेको छ ।