काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीहरुलाई अमेरिकी स्टक एक्सचेन्जबाट बाहिर निकाल्ने कानुनमा हस्ताक्षर गरेका छन्।
राष्ट्रपति ट्रम्पले ‘द होल्डिङ फरेन कम्पनी अकाउन्टेबल एक्ट’ मा हस्ताक्षर गरेका हुन्। यो कानुनमा लगातार तीन वर्षसम्म अमेरिकी पब्लिक अकाउन्टिङ ओभरसाइट बोर्डको अडिट नियमहरु पालना नगर्ने कम्पनीहरुलाई अमेरिकाका कुनै पनि स्टक एक्सचेन्जहरुमा सूचीकरण हुन नपाउने व्यवस्था गरिएको छ। यो कानुन कुनै पनि देशका कम्पनीहरुमा लागू हुने उल्लेख छ। तर यसको वास्तविक उद्देश्य भनेको अमेरिकामा सूचीकृत अलीबाबा, टेक फर्म र दिग्गज आयल कम्पनी पेट्रोचाइनालाई बाहिर निकाल्नु नै रहेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्।
चिनियाँ कारोबार रोक्नेखाले यो कानुन यसै वर्ष अमेरिकी कांग्रेसले ठूलो बहुमतले पास गरेको थियो। विपक्षी डेमोक्रेट र रिपब्लिकन दुवै पार्टीका सांसदहरुले चीनविरोध यो कानुनलाई लिएर राष्ट्रपति ट्रम्पलाई समर्थन गरेका छन्।
ट्रम्पले कोरोनाभाइरसलाई लिएर बारम्बार चीनलाई जिम्मेवार ठहराउँदै आएका छन्।
अब नयाँ कानुनमुताबिक पब्लिक कम्पनीहरुले ओनरसिप पनि खुलासा गर्नुपर्नेछ।
यसअघि पनि ट्रम्प प्रशासनले चीनका दर्जनौँ कम्पनीहरुलाई कालोसूचीमा राखिसकेको छ। जसमा चिप निर्माता कम्पनी एसएमआईसी र चिनियाँ ड्रोन निर्माता एसजेड डीजेआई टेक्नोलोजी कम्पनीहरुका नाम पनि समावेश छन्। – एजेन्सी
11 hours ago
12 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago