काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
राष्ट्रपति ट्रम्पले आफूहरुलाई कोरोना संक्रमण भएकोबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। हाल आफूहरु दुवैजना होम क्वारेन्टिनमा बसेको पनि उनले जानकारी गराएका छन्।
यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमध्ये एक होप हिक्सलाई कोरोना संक्रमण पुष्टि भएपछि ट्रम्पले आफू र आफ्पत्नी मेलानिया क्वारेन्टिनमा बस्ने बताएका थिए।
यसैबीच ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न राष्ट्रका समकक्षीहरुले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। – एजेन्सी
11 hours ago
12 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago