काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूूलाई उत्तर कोरियाली नेता किम जोङ उनको अवस्थाबारे राम्रोसँग थाहा रहेको खुलासा गरेका छन्।

ह्वाइट हाउसमा सोमबार साँझको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले किम जोङका बारेमा अहिले नै सबै कुरा भन्न नमिल्ने पनि बताए। “म तपाइँहरुलाई सबै कुुरा भन्न सक्दिनँ। मलाई किमको अवस्थाबारे राम्रोसँग थाहा छ’, उनले भने, ‘अहिले म उनको शीघ्र स्वास्थ्य लाभको कामना मात्र गर्दछुु।’

ट्रम्पले आफू र किम जोङबीच राम्रो सम्बन्ध रहेको बताए। ‘मलाई थाहा छ अहिले उनी कुुन अवस्थामा छन्’, उनले भन, ‘तपाइँहरुले पनि चाँडै नै उनको स्वास्थ्य अवस्थाबारे थाहा पाउनुुहुुनेछ।” 

ट्रम्पले किमले शनिबार सन्देश दिएको भनेर ब्रेकिङ न्युुजहरु आए पनि आफूलाई विश्वास नलागेको पनि बताए। ‘मलाई किम जोङले कुनै सन्देश दिएजस्तो लाग्दैन’, उनले भने।

किम जोङको सन्देश आइतबार उत्तर कोरियाको सरकारी मिडियाले प्रसारण गरेको थियो। उनी गत अप्रिल ११ बाट सार्वजनिक रुपमा देखिएका छैनन्। 

गत अप्रिल १५ मा आफ्नो हजुुरबुुवा किम इल सुुङको जन्मजयन्तीमा पनि उनी सहभागी थिएनन्। यसपश्चात् विश्वभरमा उनको स्वास्थ्यलाई लिएर चासो बढेको थियो। किम इल सुुङ उत्तर कोरियाको संस्थापक नेता थिए। – एजेन्सी