काठमाण्डौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्षको अन्त्यसम्म कोरोनाभाइरसको भ्याक्सिन बनिसक्ने दाबी गरेका छन्। 

अमेरिकाको टेलिभिजन च्यानल फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका हुन्। अन्तर्वार्ताका क्रममा दर्शकहरुबाट सोधिएका जिज्ञासाको जबाफा दिँदै ट्रम्पले भने, ‘मलाई पूरा विश्वास छ कि यो वर्षको अन्त्यसम्म हामीले यो महामारीविरुद्धको भ्याक्सिन पाउनेछौँ।’

ट्रम्पले अन्तर्वार्ताका क्रममा हाइड्रोक्सिक्लोरोक्विन औषधि विषयमा पनि चर्चा गरे। ‘जुन कम्पनीले यो औषधि बनाउँछ, त्यो कम्पनीमा मेरो कम्पनीको कुनै सेयर छैन’, उनले भने, ‘त्यसैले यसको प्रयोगमा आनाकानी नगर्नुस्, कम से कम यो औषधिको सेवनबाट बिरामी मृत्युको मुखबाट त फर्किएका छन्।’

यो भाइरस नियन्त्रणका लागि पहिल्यै किन कडा कदम नचालिएको भनी राखिएको प्रश्नमा ट्रम्पले यो भाइरस अमेरिकामा देखिन सक्ने आफूलाई जाजुस सूत्रहरुबाट जानकारी प्राप्त भए पनि त्यहीखेर त्यति महत्वपूर्ण नभएकोले कुनै कदम नचालिएको प्रस्ट पारे। ‘तर कुनै कदम नचालिएको भने होइन, त्यसअघि नै हामीले चीनबाट आउने उडानहरु रोकिसकेका थियौँ’, उनले भने। 

यो वर्ष सेप्टेम्बरमा स्कुल खुलाउनेसम्बन्धमा राखिएको जिज्ञासामा ट्रम्पले भने, ‘मलाई केही बढी उमेर भएका शिक्षकको चिन्ता लागिराछ किनकि उनीहरुलाई कोरोना संक्रमणले गाँज्ने सम्भाना बढी हुन्छ तर के गर्ने स्कुल त खुलाउनैपर्छ।’

राष्ट्रपति ट्रम्पले कोरोनालाई लिएर डेमोक्रेटिक नेताहरुको आलोचना पनि गरे। उनले भने, ‘यो भाइरसका कारण अवस्था नराम्रो भए उनीहरुलाई राजनीतिक हित हुन्छ।’ – एजेन्सी