काठमाण्डौ । एलन मस्कले ट्विटरका कर्मचारीलाई सस्तोमा कम्पनीको सेयर दिने घोषणा गरेका छन्।
कर्मचारीहरुसँगको बैठकमा मस्कले यस्तो घोषणा गरेका हुन्। बैठकमा मस्कले ट्विटरमा रहेका कर्मचारीलाई हुने फाइदाबारे जानकारी गराएका थिए।
मस्कले कर्मचारीलाई स्टक अप्सन (सेयर) मा भुक्तानी गरिने र समय–समयमा ती सेयर बेच्ने अवसर प्राप्त हुने दाबी गरे। मस्कको अर्को कम्पनी स्पेसएक्सले पनि यस्तै स्टक अप्सनहरु प्रदान गर्दछ।
बैठकमा मस्कले जापानमा ट्विटरको उपस्थितिको प्रशंसा गरे। उनले ट्विटर अमेरिका केन्द्रित नभएर जापानमा केन्द्रित भएको बताए।
स्टक अप्सन भनेको कम्पनीका कर्मचारीलाई बजार मूल्यभन्दा धेरै कम मूल्यमा सेयर दिनु हो। कर्मचारीले सर्तअनुसार सस्तो मूल्यमा प्राप्त यी सेयर बिक्री गरेर नाफा कमाउन सक्नेछन्।
मस्कलाई टेस्लाले २०१८ मा क्षतिपूर्ति प्याकेजका रुपमा स्टक अप्सन पनि दिएको थियो। टेस्लाले यदि मस्कले आर्थिक लक्ष्य पूरा गरेमा उनलाई यो प्याकेज दिने घोषणा गरेको थियो। मस्कले आर्थिक लक्ष्य धेरै चाँडै पूरा गरेका थिए।
यसैबीच मस्कले ट्विटरमा नयाँ कर्मचारी भर्ना गर्ने योजना पनि बनाएका छन्। मस्कले इन्जिनियरिङ र सेल्समा थप कर्मचारी भर्ती गर्ने आफ्नो योजना खुलासा गरेका छन्। मस्कले जापान, भारत, इन्डोनेसिया र ब्राजिलमा इन्जिनियरिङ टोलीहरु बनाएर ट्विटरको विकेन्द्रीकरण गर्न चाहना रहेको बताएका छन्।
मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा ट्विटर किनेका थिए । ट्विटरको जिम्मेवारी लिएपछि मस्क कम्पनीमा ठूलो परिवर्तन गर्न व्यस्त छन्। केही दिनअघि पहिलो चरणमा करिब ३ हजार ७०० कर्मचारीलाई उनले निकालेका थिए । –एजेन्सी
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago