काठमाण्डौ । एलन मस्कले सन् २०२८ सम्ममा ट्विटरको आम्दानी २६.४ अर्ब डलर पुर्याउने बताएका छन्। 

लगानीकर्तासँग अन्तर्क्रिया गर्दै मस्कले यस्तो बताएका हुन्। कम्पनीको आम्दानी बढाउनका लागि ट्विटरलाई सब्सक्रिप्सन मोडमा लाने योजना रहेको मस्कले बताएका छन्। 

मस्कले हालै ट्विटरलाई ४४ बिलियन डलरमा खरिद गरेका थिए। ट्विटरले गत वर्ष ५ अर्ब डलर आर्जन गरेको थियो। 

एलन मस्कले सन् २०२८ सम्म ट्विटरको आम्दानी प्रति प्रयोगकर्ता ३०.२२ डलरसम्म बढ्ने अनुमान गरेका छन्। जुन गत वर्ष २४.८३ डलर थियो। 

ट्विटरले गत वर्ष ट्विटर प्रिमियम सब्सक्रिप्सन सेवा ‘ट्विटर ब्लू’को सुरुआत गरेको थियो। मस्कले सन् २०२५ सम्म यो सेवा लिने प्रयोगकर्ताको संख्या ६९ मिलियन पुग्ने विश्वास गरेका छन्। 

एलन मस्क ट्विटरको विज्ञापनबाट उन्मुक्ति दिन चाहन्छन्। अर्थात ट्विटरको कुल आम्दानीमा विज्ञापनको हिस्सा ४५ प्रतिशतसम्म घट्न सक्नेछ। जुन सन् २०२० को तुलनामा सन् २०२८ सम्ममा ९० प्रतिशतसम्म घट्नेछ। 

योजनाका अनुसार सन् २०२८ सम्ममा विज्ञापनबाट १२ अर्ब डलर प्राप्त हुनेछ र युजर्स सब्सक्रिप्सनबाट १० अर्ब डलर प्राप्त हुनेछ। 

रिपोर्टका अनुसार मस्कले सन् २०२५ सम्म ट्विटरको नगद प्रवाह ३.२ अर्ब डलर र सन् २०२८ सम्ममा ९.४ अर्ब डलरसम्म बढाउने लक्ष्य राखेका छन्। –एजेन्सी