काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्क नै ट्विटरको सीईओ बन्ने भएका छन्।

हालै टेस्ला कम्पनीका सीईओ मस्कले ४४ अर्ब डलरमा ट्विटर किनेका थिए। अब कम्पनीको सीईओ र निर्देशक आफू नै बन्ने मस्कले जानकारी दिएका हुन्। 

मस्कले माइक्रो ब्लगिङ वेबसाइट चलाउने कम्पनीमा निरन्तर परिवर्तन गर्दै आएका छन्। यी परिवर्तनहरुमा कम्पनीका सीईओ पराग अग्रवाल र अन्य उच्च अधिकारीलाई बर्खास्तीेपछि सुरु भएको हो।

अहिले मस्कले सञ्चालक समितिलाई बर्खास्त गरेर आफूलाई कम्पनीको एकमात्र सञ्चालक बनाएका छन्। योसँगै कम्पनीले न्युयोर्क स्टक एक्सचेन्जबाट डिलिस्टिङको प्रक्रिया पनि सुरु गरेको छ। यो प्रक्रिया पूरा भएपछि ट्विटर एक निजी कम्पनी हुनेछ। जुन स्टक एक्सचेन्जमा सूचीबद्ध हुने छैन।

स्टक एक्सचेन्जमा सूचीबद्ध नभएपछि प्रत्येक तीन महिनामा कम्पनीको वित्तीय अवस्थासँग सम्बन्धित जानकारी सार्वजनिक गर्ने मस्क र उनको टोलीको दायित्व हट्नेछ।

कम्पनीमा आवश्यक परिवर्तन गरेपछि मस्कले पुनः स्टक एक्सचेन्जमा सूचीकृत हुन सक्ने प्राविधिक जगतका विज्ञहरुको अनुमान छ। –एजेन्सी