काठमाण्डौ । एलन मस्कले गत वर्ष ट्विटर खरिद गरेपछि लगातार परिवर्तनहरु गर्दै आएका छन्। उनले यसअघि पनि आफू नयाँ ट्विटर सीईओको खोजीमा रहेको अर्थात् आफ्नो सीईओ पद छोड्न चाहेको बताएका थिए।

अब मस्कले ट्विटरको नयाँ सीईओ घोषणा गरेका छन्। तर, नयाँ ट्विटरका सीईओ मानिस नभई कुकुर हुन्। मस्कले ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्। 

यो मस्कको घरपालुवा कुकुर फ्लोकी (शिबा इनु) हो। मस्कले पनि ट्विट गरेर आफू अरु मानिसभन्दा राम्रो भएको बताएका छन्।

मस्कले ४४ अर्ब डलरमा ट्विटर सम्झौता गरेपछि तत्कालीन सीईओ पराग अग्रवाललाई बर्खास्त गरेका थिए। ट्विटरका पूर्वसीईओमात्र नभई ट्विटरका कानुनी प्रमुख विजया गड्डे र सीएफओ नेल सेगललाई पनि कम्पनीले बाहिरको बाटो देखाएको थियो। 

दोस्रो तस्बिर खिच्दै मस्कले नम्बरमा निकै राम्रो भएको लेखेका छन्। तेस्रो तस्बिरमा मस्कले आफ्नो कुकुरको स्टाइल गरिएको फोटो राखेर प्रशंसा गरेका छन्। यो ट्विट लेख्दासम्म करिब १ लाख लाइक आएको छ। यसबारे मानिसहरुले विभिन्न प्रतिक्रिया पनि दिइरहेका छन्। यो ट्विटलाई मजाकका रुपमा हेरिएको छ।

मस्कले आफ्नो शिबा इनु कुकुरका केही तस्बिर पनि पोस्ट गरेका छन्। फोटोमा उनको कुकुर सीईओको कुर्सीमा बसेको देखिन्छ। यसबाहेक कुकुरले कालो रङको स्वेटर लगाएको छ। स्वेटरमा सीईओ लेखिएको छ र यसको अगाडिको टेबलमा ट्विटरका सीईओसम्बन्धी कागजातहरु पनि देखिन्छन्। यसमा पन्जाको छाप पनि देखिन्छ।

सीईओको टेबलमा एउटा सानो ल्यापटप पनि छ। जसमा ट्विटरको लोगो बनाइएको छ। एलन मस्कले फ्लोकीको अर्को फोटो पनि सेयर गरेका छन्। दोस्रो तस्बिरमा क्ुकुरले टाई पनि लगाएको छ र टेबुलमा धेरै कागजात पनि छन्। –एजेन्सी