काठमाण्डौ । सोसल मिडिया कम्पनी ट्विटरलाई ४४ अर्ब डलरमा खरिद गरेका एलन मस्कले ट्विटरमा रहेको नक्कली अकाउन्टको समस्यालाई आफ्नो प्राथमिकतामा राखेका छन्। तर, यही समस्याले भने उनलाई धेरै फाइदा पुगेको छ।
ट्विटर अडिट टुल स्पार्कटोरोका अनुसार मस्कलाई ट्विटरमा फलो गर्ने ८.७९ करोड मानिसमध्ये ४८ प्रतिशत अर्थात आधाजसो फलोअर्स नक्कली छन्। रिपार्टका अनुसार मस्कको फलोअर्स तीव्र रुपमा बढ्नुमा यिनै नक्कली अकाउन्टहरुको ठूलो योगदान रहेको छ।
स्पार्कटोरोले यी अकाउन्टहरुमा कसैको पनि पहुँच नभएको अनुमान गरेको छ।
मस्कले गत महिना ट्विटरसँग सम्झौता गर्दा नक्कली अकाउन्ट हटाउन प्रतिबद्ध रहेको बताएका थिए। उनले नक्कली अकाउन्टहरु अटोमेटिक अकाउन्ट भएको र यिनीहरुले वास्तविक मानिसहरुको क्रियाकलापहरु कपी गरी गलत सूचना सम्प्रेषण गर्ने गरेको बताएका थिए।
सन् २०१७ मा ट्विटरमा एलन मस्कका १ करोडभन्दा बढी फलोअर्स थिए। यस्तै सन् २०१८ मा उनको फलोअर्सको संख्यामा तीव्र वृद्धि हुन थाल्यो र ५ वर्षको अवधिमा उनका फलोअर्स ९ गुणा भइसकेको छ।–एजेन्सी
10 minutes ago
23 minutes ago
51 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
3 hours ago
3 hours ago
4 hours ago