काठमाण्डौ । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट पुनः सुचारु गरेपछि ट्विटरका नयाँ मालिक एलन मस्कले पनि अन्य निलम्बित अकाउन्टका बारेमा ट्विट गरेका छन्।
मस्कले निलम्बित अकाउन्टलाई सामान्य माफी माग्नका लागि एक सर्वेक्षण गरेका छन्। मस्कले ट्विट गरेका छन्, ‘के ट्विटरले निलम्बित अकाउन्टहरुका लागि सामान्य माफीको प्रस्ताव गर्नुपर्छ ? यदि उनीहरुले कानुन तोडेका छैनन् वा गम्भीर स्प्याममा संलग्न छैनन् भने ?’
केही समयअघि डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्टबाट प्रतिबन्ध हट्नुअघि पनि मस्कले यस्तै सर्वेक्षण गरेका थिए। उनले पूर्वराष्ट्रपति ट्रम्पको अकाउन्ट पुनः सुरु गर्ने कि नगर्ने प्रश्न गरेका थिए। सर्वेक्षणमा अकाउन्ट सुचारु गर्नका लागि केही प्रतिशत बढी मत प्राप्त भएका थिए।
अमेरिकाको क्यापिटल हिल हिंसापछि डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट निलम्बन गरिएको थियो।
हालको सर्वेक्षणपछि पनि केही थप निलम्बित ट्विटर अकाउन्टहरु सुचारु हुने अनुमान गरिएको छ।
मस्कले ट्विटर खरिद गरेदेखि नै यस सामाजिक सञ्जाल प्लेटफर्ममा धेरै परिवर्तन भइरहेका छन्। डोनाल्ड ट्रम्प वा अन्य अकाउन्टमाथिको प्रतिबन्ध हटाउने सम्भावना पहिल्यै व्यक्त गरिएको थियो। तर, मस्कले कन्टेन्ट मोडरेसनका लागि काउन्सिल बनाउने बताएका थिए। यसको गठनअघि उनले न त निलम्बित अकाउन्ट सुरु गर्नेछन् न त सामग्रीको सम्बन्धमा कुनै प्रमुख निर्णयहरु लिनेछन्। –एजेन्सी
8 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago