काठमाण्डौ । एलन मस्कले गत वर्ष ४४ अर्ब डलरमा ट्विटर किनेका थिए। योसँगै मस्क सामाजिक सञ्जालको बजारमा प्रवेश गरे पनि अहिले मेटाले उनीसँग प्रतिस्पर्धा गर्ने योजना बनाएको छ।
केही समयता मेटाको नयाँ प्लेटफर्म छलफल भइरहेको छ। यो प्लेटफर्म इन्स्टाग्राममा आधारित हुन सक्छ।
रिपोर्टका अनुसार मार्क जुकरबर्गको कम्पनी मेटाले चाँडै आफ्नो माइक्रोब्लगिङ प्लेटफर्म लन्च गर्न सक्छ। यो प्लेटफर्म जुनमा सुरु हुन सक्छ। जसले ट्विटरसँग सीधा प्रतिस्पर्धा गर्नेछ।
यो प्रडक्ट बार्सिलोना कोड नामअन्तर्गत परीक्षण भइरहेको छ। यो एप हाल अल्फा परीक्षण चरणमा छ।
रिपोर्टका अनुसार प्रयोगकर्ताले यसमा ५०० क्यारेक्टर पाउनेछन्। यसअघि पनि यससँग सम्बन्धित धेरै रिपोर्टहरु बाहिर आएका थिए, जसमा यो प्लेटफर्म इन्स्टाग्राममा आधारित हुने दाबी गरिएको छ। प्रयोगकर्ताहरुले सजिलैसँग इन्स्टाग्राम र यो प्लेटमर्फबीच स्विच गर्न सक्षम हुनेछन्।
प्रयोगकर्ताले यस प्लेटफर्ममा ह्यासट्यागहरु प्रयोग गर्ने विकल्प पनि पाउनेछन्।
पछिल्लो समय ट्विटर लगातार आफ्नो लोकप्रियता गुमाउँदैछ। यसको कारण एलन मस्कले लिएका निर्णयहरु हुन्। हालै मस्कले लिन्डा याकारिनोलाई ट्विटरको नयाँ सीईओ बनाएका छन्। त्यसपछि भने ट्विटरमा सुधार हुने अपेक्षा गरिएको छ।
गत महिना बिजनेस इनसाइडरले यो नयाँ प्लेटफर्मका बारेमा जानकारी दिएको थियो। रिपोर्टका अनुसार यो प्लेटफर्म डिसेन्ट्रलाइज्ड टेक्स्टमा आधारित सामाजिक सञ्जाल हुन सक्छ। यसको मतलब यो हो कि यसको डाटा कुनै पनि ठाउँमा भण्डारण हुने छैन। क्रिप्टोकरेन्सी र ब्लकचेनजस्तै यो प्लेटफर्ममा पनि कुनै केन्द्र हुने छैन।
मेटाको नयाँ प्लेटफर्ममा प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राम ह्यान्डलमार्फत लगइन गर्न सक्षम हुनेछन्। मार्क जुकरबर्गको यो प्लेटफर्मले ट्विटरसँग मात्र प्रतिस्पर्धा गर्दैन, ट्विटरजस्ता अन्य प्लेटफर्म पनि यसका लागि चुनौती बन्नेछ। यो सूचीमा ट्विटरका संस्थापक ज्याक डोर्सीको ब्लुस्काई र मास्टोडन पनि समावेश छन्। –एजेन्सी
11 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago