काठमाण्डौ । ट्विटरले नयाँ फिचरको परीक्षण गरिरहेको छ। ट्विटरको यो फिचरको नाम सर्कल हो। 

ट्विटर सर्कल फिचर आएपछि प्रयोगकर्ताले आफ्नो ट्विट क–कसलाई देखाउन चाहन्छन्, त्यो आफैँ निर्णय गर्न सक्नेछन्। यो इन्स्टाग्रामको क्लोज फ्रेन्ड फिचरजस्तै हुनेछ। 

वास्तवमा ट्विटरको यो फिचरले प्रयोगकर्तालाई समूह वा सर्कल बनाउनका लागि सुविधा दिनेछ। ता कि प्रयोगकर्ताको ट्विट उसले बनाएको समूहमा मात्र देखिनेछ। 

यो फिचर तत्कालका लागि सबै प्रयोगकर्ता भने ल्याइने छैन। ट्विटरको यो फिचर आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि हुनेछ।

ट्विटरको परीक्षणका अनुसार सर्कल फिचर ल्याएपछि यसमा अधिकतम १५० जनालाई थप्न सकिनेछ । ट्विटरको यो फिचर इन्स्टाग्रामको क्लोज फ्रेन्ड्स फिचरसँग मिल्दोजुल्दो छ। सरल शब्दमा भन्नुपर्दा प्रयोगकर्ताले आफ्ना केही विशिष्ट ट्विटहरुका लागि फलोअरहरु सेट गर्न सक्षम हुुनेछन्। त्यसपछि प्रयोगकर्ताको ट्विटहरु उनीहरुले देख्नेछन्। 

ट्विटरको यो फिचर क्रमशः सबै प्रयोगकर्ताका लागि जारी हुँदैछ । यो फिचरको मुख्य विशेषता भनेको सर्कलमा संलग्न व्यक्तिले मात्र ट्विटको जबाफ दिन, लाइक गर्न वा रिट्विट गर्न सक्षम हुनेछन्।

यो फिचर प्रयोग गर्न सबैभन्दा पहिले आफ्नो ट्विटर खातामा लगइन पर्छ। त्यसपछि प्रोफाइल सेक्सनमा जानुपर्छ र कम्पोज ट्विट अप्सनमा क्लिक गर्नुपर्छ। त्यसपछि प्रयोगकर्ताले अडिएन्स बटन देख्नेछन्। जसमा क्लिक गरेपछि प्रयोगकर्ताले न्यु सर्कल अप्सन हुनेछ। यसमा क्लिक गरेर प्रयोगकर्ताले सर्कल बनाउन र साथीहरु थप्न सक्नेछन्। प्रयोगकर्ताले सर्कललाई एडिट पनि गर्न सक्नेछन्। –एजेन्सी