काठमाण्डौ। टेस्ला कम्पनीका सीईओ एलन मस्कले ट्विटर किन्ने सम्झौता रद्द गर्ने धम्की दिएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार ट्विटरले स्प्याम र नक्कली अकाउन्टका बारेमा सटिक जानकारी नदिएकोले मस्कले ट्विटर किन्ने सम्झौता रद्द गर्ने धम्की दिएका हुन्। यसअघि मस्कले ट्विटरसँगको सम्झौता अस्थायी रुपमा रोक्ने घोषणा गरेका थिए।
एलन मस्कले ४४ बिलियन डलरमा ट्विटर खरिद गर्ने घोषणा गरेका थिए। मस्कले ट्विटरको करिब ५ प्रतिशतभन्दा बढी अकाउन्ट नक्कली वा स्प्याप रहेको बताउँदै आएका छन्। जसका कारण क्यालकुलेसन डिटेलले काम गरिरहेको छैन।
मस्कको ट्विटका अनुसार माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरले नक्कली वा स्प्याप अकाउन्टको जानकारी नदिएका कारण सम्झौतालाई अस्थायी रुपमा रोक लगाइएको हो। ट्विटरले पहिलो त्रैमासका क्रममा नक्कली वा स्प्याम अकाउन्टको संख्या कम्पनीको दैनिक सक्रिय संख्याको तुलनामा ५ प्रतिशत कम रहेको अनुमान गरेको थियो।
ट्विटरका कुल २२९ मिलियन प्रयोगकर्तालाई पहिलो त्रैमासमा विज्ञापन प्राप्त गरेका थिए। –एजेन्सी
3 hours ago
3 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago