काठमाण्डौ । टेस्लाका सीईओ एलन मस्कलाई अमेरिकी अदालतबाट झट्का लागेको छ। 

अमेरिकी अदालतले एलन मस्कविरुद्ध ट्विटर मुद्दाको सुनुवाइ अक्टोबरमा तय गरेको हो। एलन मस्कले यस मुद्दामा ढिलो सुनुवाइको माग गरेका थिए। उनले ट्विटर किन्न ४४ अर्ब डलरको सम्झौता गरेका थिए। पछि मस्कले यो सम्झौता तोड्ने घोषणा गरे। 

त्यसपछि सामाजिक सञ्जाल कम्पनी ट्विटरले सम्झौता पूरा गराउन माग गर्दै अदालत पुगेको थियो। अदालतले एलन मस्कलाई ५४.२० डलर प्रतिसेयरको निश्चित मूल्यमा अधिग्रहण पूरा गर्न आदेश दिने ट्विटरको अपेक्षा छ।

एलन मस्कले ट्विटरले नक्कली अकाउन्टको जानकारी लुकाएको आरोप लगाएका छन्।

डेलावेयर अदालतका न्यायाधीशले पनि कम्पनीसँग सहमति जनाएका छन्। ती न्यायाधीशले ट्रायलमा हुने ढिलाइले अनिश्चिता झनै बढाउने काम गर्ने उल्लेख गरेका छन्। –एजेन्सी