काठमाण्डौ । ट्विटरविरुद्ध कानुनी लडाइँ लडिरहेका विश्वकै धनीव्यक्ति एलन मस्कले अब ट्विटरका सहसंस्थापक ज्याक डोर्सीलाई पनि मुद्दामा सामेल गरेका छन्। मस्कका वकिलहरुले डोर्सीलाई मुद्दामा अदालतमा बोलाएका छन्।

एलन मस्क ट्विटर किन्नका लागि गरिएको ४४ अर्ब डलरको सम्झौता रद्द गर्न चाहन्छन्। मस्कको आरोप छ कि टेक कम्पनीले उनलाई नक्कली खाताहरुको तथ्यांक बताउन सकेन। जसका कारण उनले अब ट्विटर किन्ने सम्झौता तोड्न चाहन्छन्। 

ट्विटरले भने मस्कलाई यो सम्झौता रद्द नगर्न दबाब दिइरहेको छ। यसका लागि कम्पनी अदालत पुगेको छ। 

यो मुद्दामा अक्टोबरमा अमेरिकाको डेलावेयर अदालतमा सुनुवाइ हुने भएको छ। यसअघि दुई पक्षबीच सहमति भएमा सुनुवाइ हुने छैन। 

ट्विटरले भने एलन मस्कलाई कम्पनीको अधिग्रहण पूरा गर्न अदालतले आदेश दिने अपेक्षा गरेको छ। मस्कले यो कम्पनी प्रतिसेयर ५४.२० डलरमा खरिद गर्ने निर्णय गरेका थिए।

एलन मस्कका वकिलहरुले टेस्ला कम्पनीका मालिक मस्ककका तर्कहरुलाई समर्थन गर्ने आशामा ट्विटरका सहसंस्थापक ज्याक डोर्सीलाई बोलाएका हुन्। मस्कको तर्क छ कि ट्विटर आफ्नो प्लेटफर्ममा नक्कली खाताहरुको संख्याका बारेमा इमानदार छैन। 

गत जुलाईमा एलन मस्कले ट्विटर सम्झौता रद्द गर्ने निर्णय गरेका थिए। त्यसपछि कम्पनीले मुद्दालाई अदालतमा लैजाने निर्णय गर्यो। मस्कले ट्विटरले नक्कली खाताहरुका बारेमा जानकारी लुकाएको आरोप लगाएका छन्। तर, ट्विटरले मस्कको आरोपलाई सम्झौताबाट पछि हट्ने बहानाको संज्ञा दिएको छ। 

ज्याक डोर्सीले गत वर्ष नोभेम्बरमा ट्विटरको सीईओ पदबाट राजीनामा दिएका थिए। जब एलन मस्कले ट्विटर किन्न घोषणा गरे डोर्सीले उनको समर्थनमा ट्विट गरेका थिए। –एजेन्सी