काठमाण्डौ । शिक्षक सेवा आयोगले ठूलो संख्यामा माध्यमिक तहमा नयाँ शिक्षक भर्ना खोलेको छ।
आयोगले सातै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कुल १ हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारले शिक्षक सेवा आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत अनलाइन दरखास्त दिनुपर्नेछ।
आयोगले नेपाली विषयमा कुल २३१, अंग्रेजी विषयमा ३१२, गणित विषयमा २८९, विज्ञान विषयमा ४३५ र सामाजिक अध्ययन विषयमा २०१ जना शिक्षकका लागि दरखास्त आह्वान गरेको छ।
यसैगरी अर्थशास्त्र विषयमा १० र कार्यालय सञ्चालन तथा लेखा विषयमा ५१ जना शिक्षकका लागि दरखास्त आह्वान गरिएको छ। शिक्षा, शुक्लयजुर्वेद, स्वास्थ्य, संस्कृत व्यापकरण, संस्कृत भाषा, संस्कृत साहित्य, कम्प्युटर विज्ञान, न्यायजस्ता विषयमा शिक्षकका लागि दरखास्त आह्वान गरिएको छ।
दरखास्त पुस २९ गतेसम्म दिनुपर्नेछ। दोब्बर दस्तुर तिरी माघ ६ गतेसम्म दरखास्त दिन सकिनेछ।
थप जानकारीका लागि तल हेर्नुहोस् –
19 minutes ago
49 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago