काठमाण्डौ । उपत्यकामा फुटपाथ र खुल्ला ठाउँमा ठेलागाडा तथा साइकलमा विभिन्न व्यापार व्यवसाय संचालनमा रोक लगाइएको छ । 

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार एक आदेश जारी गर्दै कोरोना संक्रमणको जोखिम बढेकोले ठेलागाडा र साइकलमा हुने विभिन्न व्यापार र व्यवसायमा रोक लगाइएको प्रष्ट पारेका हुन् । 

यस्तै, काठमाण्डौ जिल्लामा कवाडी संकलनको कार्य समेत अनिश्चितकालका लागि प्रतिबन्धित भएको छ । 

यसैगरी, काठमाण्डौ जिल्लामा अत्यावश्यक सामाग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा(बढीमा २ जना) बोकेका एम्बूलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन प्रवेशमा अनिश्चितकालका लागि रोक लगाउने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।